• Tuesday, May 20, 2025

भयरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

छविलाल पाण्डे / बुटवल, असोज १० गते । गृहमन्त्री बालकृष्ण खाणले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गृहमन्त्री खाणले निर्वाचन एकै चरणमा सम्पन्न हुने बताउँदै निर्वाचन सफल बनाउन सबै नेपालीको जिम्मेवारी र दायित्व रहेको स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको पाँचौँ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । दुई चरणमा निर्वाचन गर्दा राज्यको धेरै पैसा खर्च हुने भएकाले सरकारले एकै चरणमा निर्वाचन गर्न लागेको उहाँले चर्चा गर्नुभयो ।

सरकारले स्थानीय तह निर्वाचन पनि भयरहित, शान्तिपूर्ण र निष्पक्ष ढङ्गले गराउन सफल भएको स्मरण गर्दै सङ्घीय र प्रदेश निर्वाचन पनि शान्तिपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले पाँच वर्षको बीचमा सङ्घीयताको सफल कार्यान्वयन हुन नसकेको बताउनुभयो । गठबन्धन नेतृत्वको वर्तमान सरकारले त्यसको समीक्षा गर्ने उहाँले बताउनुभयो ।

रिपोर्टस क्लब नेपालका लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमला, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कोमल धमला, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईँ लगायतले धारणा राख्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter