• Tuesday, June 10, 2025

दशैंमा घर जानेको चटारो : सोमबारसम्म ८० हजार टिकट बुकिङ

विष्णु पाण्डेय / काठमाडौं, असोज १० गते । पछिल्लो १० दिनमा दशैंका लागि ८० हजार सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ भएको छ । नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार सोमबार दिउँसोसम्म अग्रिम टिकट काट्नेको सङ्ख्या ८० हजार पुगेको हो ।

अग्रिम टिकट काट्नेमा पश्चिम नेपालका लागि टिकट काट्नेको सङ्ख्या बढी रहेको छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, दाङ, बझाङ, कैलाली, डोटी, महेन्द्रनगर, धनगढी लगायतका यात्रु छन् । ‘अहिले पनि अग्रिम टिकट काट्नेक्रम चलिरहेको छ । अझै सङ्ख्या बढ्ने देखिन्छ’ उहाँले भन्नुभयो ।

तर सडकमा परेका खाल्डाखुल्डी मर्मत नहुँदा यात्रुलाई गन्तव्यमा पु र्‍याउन केही कठिनाइ हुने आशंका रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षाले देशमा अधिकांश सडकमा खाल्डाखुल्डी परेको छ । सडक विभागले मर्मत गरेको छैन । त्यसकारण यात्रुलाई सोचेको समयमा गन्तव्यमा पु र्‍याउन सकिन्न कि लागेको छ ।’ केही राजमार्गहरू निर्माणकै क्रममा रहेकाले यात्रामा केही बढी समय लाग्नसक्ने देखिएको स्वाँरले बताउनुभयो ।

यस्तै, असोज १० गते घटस्थापनादेखि देशभरमा रुट परमिट खुला गर्ने निर्णय भएकाले सवारीसाधनको उपलब्धतामा कुनै समस्या नहुने स्वाँरले बताउनुभयो । घटस्थापना पश्चात् पूर्व चल्ने गाडीलाई पश्चिमतर्फ पनि चल्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको उहाँले सुनाउनुभयो ।

सोहीअनुसार यात्रुको चाप हेरेर के कति सवारी थप्ने भन्ने कुरा टुङ्गो लाग्ने उहाँको भनाइ छ । स्वाँरले भन्नुभयो, ‘अहिले टिकट काट्नेक्रम जारी रहेकाले कति यात्रु कुन रुटमा हुन्छन् भन्ने कुरा यकिन गर्न कठिन छ । यात्रुलाई सहज हुनेगरी नै बसहरू थपिन्छन् ।’

दशैंमा उपत्यका छाड्नेका लागि गत असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । सडक विभागका महानिर्देशक अर्जुनजंग थापा दशैंका लागि उपत्यका छाड्ने यात्रुका लागि सडकहरू पुरिसक्ने बताउनुभयो । सडकमा परेका खाल्डाखुल्डी पुर्न सुरु गरिएको तर वर्षा निरन्तर हुँदा कठिन भएको उहाँको भनाइ छ ।

दशैँमा यात्रुलाई सहजता होस भनेर खाल्डाखुल्डी पुर्ने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । यात्रुले उपत्यका छाड्नु अगावै सडकमा परेका खाल्डाखुल्डी पुरेर सक्ने योजना भए पनि पानी परेर समस्या भएको उहाँले बताउनुभयो । निर्माणाधीन राजमार्गमा पनि अवरोध नहुनेगरी व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter