सबस्टेसन निर्माण अन्तिम चरणमा

नवलपरासी, असोज ३० गते । पश्चिम नवलपरासी, सुनवलको चारपालामा निर्माणाधीन १३२ केभी विद्युत् सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । यो आयोजनाको ९३ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको बताइएको छ ।

नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगलगायतका ठूला उद्योग सञ्चालनमा रहेका र अन्य उद्योग स्थापना हुने क्रम बढ्दै गएको अवस्थामा सुनवल नगरपालिका–७, चारपालामा १३२ केभी विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण सुरु गरिएको हो । २०७५ साल पुसदेखि निर्माण प्रक्रिया सुरु भएको यो सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको सुनवल १३२ केभी सबस्टेसन आयोजनाका प्रमुख दीपक गौतमले जानकारी दिनुभयो । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी बङ्गलादेशको निर्माण कम्पनी इनर्जी प्याक्ट र नेपाली कम्पनी सिग्मा कोनले संयुक्त रूपमा ठेक्का लिएको हो ।

कोभिड–१९ का कारण निर्माण अवधि लम्बिएको भए पनि यो आयोजनाको अधिकांश संरचना निर्माण भइसकेको आयोजना प्रमुख गौतमले बताउनुभयो । नेपाल सरकारको ५२ करोड रुपियाँको लागनीमा बनिरहेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter