विकल्पबिना सुकुम्बासीका घर टहरा भत्किँदैनन् : गृहमन्त्री खाण

कपिल ज्ञवाली / सिद्धार्थनगर, कात्तिक १ गते । गृहमन्त्री बालकृष्ण खाणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकका घर टहरा नभत्काइने बताउनुभएको छ । रुपन्देही – ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै सो कुरा बताउनुभयो ।

सुकुम्बासीहरू अहिलेजस्तो अवस्थामा बसेका छन्, त्यस्तै अवस्थामा बस्न पाउनु पर्ने मन्त्री खाणले बताउनुभयो । सुकुम्बासी बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर व्यवस्थापन गरेर मात्रै सार्नुपर्ने बताउनुभयो ।

अहिले मुलुकभरिका केही नगरपालिकाले महत्त्वपूर्ण चाडपर्वको मुखैमा विकल्पविना सुकुम्वासीका घर टहरा भत्काएपछि गृहमन्त्री खाणले सो धारणा राख्नुभयो । आफूले गृह प्रशासनलाई घर टहरा भत्काउने काममा सहभागी नहुन निर्देशन दिइसकेको बताउनुभयो ।

खाणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आबद्ध नेताबारे टीकाटिप्पणी गर्नुको औचित्य नभएको उहाँले बताउनुभयो । बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको उहाँले चर्चा गर्नुभयो । आयोजना पूरा भएमा रुपन्देहीमा उत्पादित कृषिउपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हवाईजहाजबाट राजधानी र विदेशमा पठाउन सकिने उहाँले बताउनुभयो ।

यस्तै, खाणले आजै बुटवल वडा १४ र १५ मा समेत सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो । अहिलेको गठबन्धनले देश, संविधान र संसद्को रक्षा गरेको उहाँको दाबी छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter