समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

काठमाडौं, कात्तिक १० गते । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१९९ उम्मेदवार रहेका छन् । यसैगरी, प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं.१ का लागि ६१६ जना, मधेश प्रदेशका लागि ८६३ जना, बागमती प्रदेशका लागि ७५४ जना, गण्डकी प्रदेशका लागि ३४४ जना, लुम्बिनी प्रदेशका लागि ५७९ जना, कर्णाली प्रदेशका लागि २०० जना र सुदूरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवारहरू रहेका छन् ।

सो समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरूको नाम सूचीबाट हटाइ यसअघि सार्वजनिक भइसकेको छ ।

उक्त प्रणालीतर्फ लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६४५७ जना उम्मेदवारहरू रहेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter