दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरु

काठमाडाैँ, कात्तिक १२ गते । काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरु भएको छ । भर्चुअल रूपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ ।

जर्मन राजदूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरू राखिएको नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका अध्यक्ष अनुपबहादुर मल्लले बताउनुभयो ।

उहाँले मेलामा कुल ४० वटा स्टल रहेको र जसमा ३५ वटा स्टलहरू नेपाली उत्पादित सामग्री र ५ वटा खानेकुराका स्टलहरू राखिएको बताउनुभयो । उहाँले लामो समय यता कोरोना भाइरसका कारण सुस्ताएको व्यापार सम्बन्धलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको बताउनुभयो । उहाँले नेपाली अर्थतन्त्रलाई बढाउन थोरै भए पनि मेला कोशेढुंगा साबित हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनापपिछ ४ वर्षसम्म बिजनेस प्रवर्द्धन गर्न नसकिरहेको अवस्थामा जर्मन एमबेसी र हामी मिलेर सानो वेमा उत्पादित वस्तुहरू प्रदर्शनीमा राखेका छौँ । चिया, कफी, गाभर्मेण्ट, कस्मिना लगायतका सामग्रीहरू राखेका छौँ ।

यसले थोरै भएपनि नेपाली निर्यातलाई बढाउँछ । सानो प्रयास भएपनि कोशेढुंगा साबित हुनेछ । ३५ वटा प्रोडक्ट र ४ वटा फुड स्टल छन् । जम्मा ४० वटा स्टल छन् ।’

त्यस्तै, नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाल जर्मन चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपालमा उत्पादन हुने सामग्रीहरू साथै जर्मनबाट आयात हुने सामग्रीहरू प्रदर्शनमा राखिएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter