• Wednesday, June 11, 2025

सुपथ मूल्य पसलमा कारोबार घट्यो

काठमाडौँ, कात्तिक १५ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलको कारोबार घटेको छ ।

यस वर्ष असोज १ देखि कात्तिक १३ गतेसम्म सञ्चालन भएको सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले गत वर्षभन्दा कम कारोबार गरेको हो । यो वर्ष दुई करोड ८७ हजार रुपियाँको कारोबार भएको साल्ट ट्रेडिङले जनाएको छ । अघिल्ला वर्षहरूमा दशैँ–तिहार सुपथ मूल्य पसलमा लगभग पाँच करोड रुपियाँको कारोबार हुँदै आएको थियो ।

साल्ट ट्रेडिङका बिक्री प्रबन्धक प्रमुख प्रज्ज्वल प्रधानले यस पटक बिक्री कक्षमा चिनी राख्न नसक्दा कारोबार घटेको जानकारी दिनुभयो । “गत वर्षकै हाराहारीमा कारोबारको लक्ष्य थियो । यो वर्ष चिनी नभएकाले कारोबारमा असर प-यो,” उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकाबाहिरका धनगढी, बनेपा, नारायणगढसमेत गरेर आठवटा बिक्री केन्द्र र तीन भ्यानबाट नुनसहित सात प्रकारका सामान छुटमा बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter