• Monday, June 09, 2025

पशुपालन सर्वेक्षण : गाई र भैंसीबाट करिब नौ करोड दूध उत्पादन

सुरेशकुमार यादव / काठमाडौँ, कात्तिक २९ गते । नेपालमा २६ हजार गाई र भैंसीबाट आठ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गराएको एक सर्वेक्षणले नेपालमा ४४ हजार ८७३ वटा गाई÷गोरु व्यावसायिक रुपमा पालिएको देखाएको छ । ती गाई, गोरुमध्ये उन्नत जातको सङ्ख्या ३३ हजार ७५७ रहेको छ ।

त्यसमध्ये दूध दिने र नदिने गाईको संख्या क्रमशः १५ हजार ३८० र र नौ हजार १०४ कृषि मन्त्रालयले जनाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार, नेपालमा छ हजार ४८६ वटा व्यावसायिक पशुपालन फार्महरु रहेको पाइएको छ ।

त्यसमध्ये मध्ये एकहजार २३३ वटा गाईपालन फार्म, ९१४ वटा भैंसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, दुई हजार २९५ वटा बाख्रा÷च्याँग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म रहेको पाइएको छ ।

यसैगरी, गाई–भैंसीपालन फार्म ४८३ वटा, बाख्रा–च्याँग्रा–भेडापालन फार्म १९८ वटा र गाई–भैंसीपालन तथा बाख्रा–च्याँग्रा–भेडापालन फार्म २६५ रहेको कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।

सर्वेक्षणअनुसार सबैभन्दा बढी नौ हजार ३६४ वटा गाई–गोरु बागमती प्रदेशमा र सबैभन्दा कम अर्थात दुई हजार २७४ वटा सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ ।

पशुपालन सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरिँदै ।

सर्वेक्षणले नेपालमा जम्मा ३४ हजार ६५३ वटा राँगा÷भैंसी व्यावसायिक रुपमा पालिएको देखाइएको छ । जसमध्ये उन्नत जातका राँगा÷भैंसीको संख्या ७१ प्रतिशत रहेको छ । यीमध्ये ६१ प्रतिशतले दूध दिन्छन् भने ३९ प्रतिशत दूध दिँदैन । सबैभन्दा बढी भैँसी गण्डकी प्रदेशमा ११ हजार ४६९ र सबैभन्दा कम सुदूरपश्चिममा एक हजार ६३० वटा रहेको मन्त्रालयको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणअनुसार नेपालमा जम्मा एक लाख ५० हजार ५६८ वटा बाख्रा व्यावसायिक रुपमा पालिएको छ । जसमध्ये उन्नत जातका बाख्राको संख्या ४५ प्रतिशत रहेको छ । यी उन्नत जातका बाख्रामध्ये बोर जातका बाख्रा सबैभन्दा बढी ३१ हजार ६३७ संख्यामा रहेका छन् भने जमुनापारी जातको सङ्ख्या २३ हजार ६६३ रहेको छ ।

प्रदेश १ का २२ प्रतिशत बाख्रा रहेका छन् भने मधेश प्रदेशमा चार प्रतिशत मात्र बाख्रा रहेका छन् । यसैगरी,, व्यावसायिक रुपमा पालिएका च्याँग्राहरुको संख्या नेपालमा ३१,७८१ पाOएको छ ।

नेपालमा व्यावसायिक रुपमा पालिएको भेडाको सङ्ख्या ८८ हजार ४२१ रहेका छन् । जसमध्ये बरुवालजातका भेडाको सङ्ख्या १३ हजार ३३४ रहेका छन् । कागे जातको सङ्ख्या छ हजार २४८ रहेको छ । कर्णालीमा सबभन्दा ४० प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा ०.४ प्रतिशत छन् ।

नेपालमा व्यावसायिक रुपमा पालिएको सुँगुरको संख्या ३८ हजार ३६० रहेका छन्, जसमध्ये उन्नत जातका सुँगुरको संख्या ३५ हजार २३० छन् । त्यसमध्ये सबभन्दा बढी सुँगुर प्रदेश १ मा ४४ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा १ प्रतिशत रहेको सर्वेक्षणn] देखाएको छ ।

सर्वेक्षणका अनुसार १५ हजार ३८० वटा दुध दिने गाईबाट चार करोड ५८ लाख तीन हजार ४५७ लिटर दुध उत्पादन भएको छ । होलिस्टिन÷होलिस्टिनक्रसब्रिड जातको गाईबाट सबैभन्दा बढी दुध उत्पादन भएको छ ।

प्रति गाई प्रति दिन सरदर १० लिटर दुध दिने गरेको पाइएको छ । दुई करोड ३२ लाख ३१ ह्जार ९१ लिटर दूध भैंसीबाट उत्पादन भएको छ । त्यसमध्ये मुर्रा जातको भैंसीबाट सबैभन्दा बढी दुध उत्पादन हुने गरेको पाईएको छ ।

प्रति भैंसीबाट प्रत्येक दिन सरदर आठ लिटर दुध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ । उत्पादित दुधमध्ये गाईको ८९ प्रतिशत भैंसीको ८५ प्रतिशत दूध बिक्री हुने गरेको सर्वेक्षणले देखाएको छ ।

नेपालको कृषि तथ्याङ्कीय प्रणालीलाई सुदृढीकरण गर्न विश्व खाद्य तथा कृषि संगठनको आर्थिक तथा प्राविधिक सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयले यो सर्वेक्षण गरेका हुन् । यस सर्वेक्षणले दर्ता गरी वा नगरी व्यावसायिकरुपले संचालन गरिएका मध्यम तथा ठूला पशुपालन व्यवसायहरुलाई मात्र समेटेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter