• Wednesday, May 14, 2025

अञ्जनको गोलमा नेपाल विजयी

काठमाडौं, कात्तिक ३० गते । पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ। दोस्रो हाफको ८३ औँ मिनेटमा पाकिस्तानविरुद्ध नेपालका लागि अञ्जन विष्टले गोल गर्नुभएको हो। यो नेपालका लागि अञ्जनको ११ औँ गोल हो।

अञ्जनले सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गर्नुभएको हो। दशरथ रङ्गशालामा अञ्जनले लगातार दोस्रो खेलमा गोल गर्नुभएको हो। अञ्जनले गत असोजमा भएको बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक गर्नुभएको थियो।

उहाँ खेलको म्यान अफ द म्याच बन्नुभएको छ। गोल गरेपछि जर्सी फुकालेर सेलिब्रेसन गर्दा अञ्जनले पहेँलो कार्ड पाउनुभएको छ। नेपालका नियमित कप्तान किरण चेम्जाङ अनुपस्थिति रहेको खेलको कप्तानी रोहित चन्दले गर्नुभएको थियो।

नेपालका लागि बुधबारको खेल ऐतिहासिक भएको छ। नेपाल दशरथ रङ्गशालामा खेलेको ५० औँ खेलमा विजयी भएको हो। सन् १९८४ मा दशरथ रङ्गशालामा आधिकारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल भएको थियो।पाकिस्तान फिफाको निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नेपाल आएको हो।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter