• Thursday, May 15, 2025

सम्झौता गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ, मङ्सिर ७ गते । नेपाल विद्युत् प्राधिकरणले आफ्ना पोल तथा तारलगायतका संरचना प्रयोगका लागि सम्झौता गर्न सम्बन्धित कम्पनीहरूलाई एकमहिने समयसीमा तोकेको छ । टेलिभिजन, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकले सम्झौता नगरी पूर्वाधार प्रयोग गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने उल्लेख छ ।

सूचनाअनुसार प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई इन्टरनेट, टेलिफोन तथा केबल टीभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकले गरेको सम्झौता नवीकरण र सम्झौता नगरेको भए सम्झौता गरेर मात्रै सेवा दिन प्राधिकरणको निर्देशन छ ।

प्राधिकरणले आगामी पुस ७ भित्र सम्झौता तथा सम्झौता नवीकरण नगरी नयाँ लाइन सेवा विस्तार नगर्न पनि सूचित गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter