• Sunday, May 18, 2025

कोषले आइतबार थप दुई कार्यालय सञ्चालन गर्ने

काठमाडौँ, मङ्सिर १० गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आइतबारदेखि थप तीनवटा कार्यालयबाट सेवा सुरु गर्ने भएको छ। कोषले पाँचौँ सामाजिक सुरक्षा कोषको स्थापना दिवसका अवसरमा आइतबारदेखि पोखरा, बुटवल र नेपालगञ्जमा पनि कार्यालय सञ्चालन गर्ने भएको हो। यीसहित काठमाडौँबाहिर कोषका पाँच कार्यालय हुनेछन्। गएको भदौ ८ गतेदेखि सिमरा र विराटनगर शाखा कार्यालय सञ्चालन गरिएको थियो।

कोषका सहप्रवक्ता रोहित रेग्मीले केन्द्रीय कार्यालयबाट हुँदै आएका सम्पूर्ण काम नयाँ शाखा कार्यालयबाट पनि हुने जानकारी दिनुभयो। उहाँले कोषका कार्यालय विस्तार भएसँगै ती कार्यालयमार्फत कोषमा सेवाग्राहीको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। रेग्मीका अनुसार कोषले हाल औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना र सापटी योजना सञ्चालन गर्दै आएको छ।

कोषका अनुसार कोषका सम्पूर्ण कार्य विद्युतीय प्रणालीमा आधारित भए पनि रोजगारदाता तथा योगदानकर्ता सूचीकरण गर्न कोषले सञ्चालनमा ल्याएका योजनाबारे जानकारी गराउने काम यी शाखा कार्यालयबाट सञ्चालन गर्ने उद्देश्य रहेको छ। यी कार्यालयबाट योगदानकर्ताको आफ्नो परिचय विवरण (केवाईसी) भर्नका लागि सहजीकरण गर्न, कोषबाट प्रदान हुने सुविधा दाबीमा सहजीकरण हुनुका साथै कोषको सेवा प्रवाह प्रणालीलाई सरल, शीघ्र र योगदानकर्तामैत्री बनाइने पनि उद्देश्य राखिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter