समानुपातिकमा एमाले एक लाख ३४ हजार मतान्तरसहित अग्रस्थानमा

काठमाडौं, मङ्सिर १२ गते । समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको तीन बजेसम्मकाे तथ्याङ्कअनुसार ९३ लाख १७ हजार ८१२ मतगणना गर्दा एमालेले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ भने सोही समयमा नेपाली कांग्रेसको २४ लाख ७५६ प्राप्त गरेको छ । एमालेले एक लाख ३४ हजार ४८३ मतले अग्रता लिएको छ ।

नेकपा (माओवादी केन्द्र)ले १० लाख ६६ हजार ५१३ मतसहित तेस्राे, राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ६३ हजार ५१३ चाैथाे र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५४ हजार ६०९ मतसहित पाँचाैं बनेकाे छ ।

त्यस्तै, जनता समाजवादी पार्टीको तीन लाख २९ हजार ८९० मत पाएर छैटाैं स्थानमा छ ।

यता, ३ प्रतिशतकाे थ्रेसहाेल्ड काट्नका लागि जनमत पार्टीलगायतले मतगणनामा मतसङ्ख्या बढाउँदै लगेकाे छ। साे पार्टीले दुई लाख ६६ हजार एक सय मत प्राप्त गरेको छ । यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ५३ हजार १४९ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३७ हजार ९६१ मत पाएकाे छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र हाम्रो नेपाली पार्टीले ५२ हजार ८४७ मत प्राप्त गरेको छ ।

मङ्गोल नेशनल अर्गनाइजेशनको ४५ हजार ५६१, राष्ट्रिय जनमोर्चाले ४४ हजार ८८०, नेपाल सङ्घीय समाजवादी पार्टीले ३१ हजार २४३, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)ले २६ हजार ११२ मत प्राप्त गरेका छन् । त्यस्तै, अन्य पार्टीले दुई लाख १६ हजारभन्दा बढी मत प्रप्त गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter