• Friday, May 02, 2025

समानुपातिकमा २७ लाख मतसहित एमाले पहिलो दल

काठमाडौं, मङ्सिर १४ गते। समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले २७ लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार बुधबारसम्मको गणनामा एमालेले २७ लाख २० हजार ६३९ मत पाएको छ। नेपाली कांग्रेसले २५ लाख ८५ हजार ९० मत पाएको छ।

नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार ४४३ मत पाएको छ। माओवादीलाई पछ्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार २४५ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार २७५ मत ल्याउँदा जनता समाजवादी पार्टीले चार लाख आठ हजार ९६४ मत प्राप्त गरेको छ। जनमत पार्टीले तीन लाख ७६ हजार १९९ मत पाएको छ।

प्रतिनिधिसभामा १० सिट जितेको नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९० हजार १९६ मत पाएको छ। एकीकृत समाजवादी ३ प्रतिशतको थ्रेसहोल्ड काट्ने प्रयासमा छ। पार्टीले थ्रेसहोल्ड काट्यो भने राष्ट्रिय पार्टीको मान्यतासहित केही समानुपातिक सिट पाउनेछ।

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार ४३६, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ४९ हजार ८३२, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ८३३, हाम्रो नेपाली पार्टीले ५४ हजार १२२, मङ्गोल नेशनल अर्गनाइजेशनले ४७ हजार ८६४ मत प्राप्त गरेका छन्।

राष्ट्रिय जनमोर्चाले ४६ हजार ९७, नेपाल सङ्घीय समाजवादी पार्टीले ४० हजार ७१, नेकपा माक्सवादी लेनिनवादीले ३० हजार, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार ३८०, जनता प्रगतिशील पार्टीले १७ हजार ८७२, नेपाल आमा पार्टीले १७ हजार ७६० मत प्राप्त गरेका छन्।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ६१५, बहुजन एकता पार्टीले १६ हजार ७०२, नेपाली कांग्रेस बीपीले १२ हजार १७८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ११ हजार ९७३, नेपाली जनता दलले नौ हजार ७०४, नेपालका लागि नेपाली पार्टीले आठ हजार १५५, नेपाल कम्युनिष्ट पार्टीले सात हजार ८६५ मत ल्याएका छन्।

नेकपा (पुष्पलाल)ले सात हजार २३३, नेपाल जनता पार्टीले सात हजार १४६, नेपाल लोकतान्त्रिक पार्टीले सात हजार १०७, मितेरी पार्टी नेपालले छ हजार ९७०, आमूल परिवर्तन मसिहा पार्टीले छ हजार ३३८, जनजागरण पार्टी नेपालले छ हजार २७५ मत ल्याएका छन्।

जनसमाजवादी पार्टीले पाँच हजार ७३०, नेकपा सामाजिक एकता पार्टीले पाँच हजार ६९४, पिछाडावर्ग निषाद दलित जनजाति पार्टीले चार हजार ८९०, विवेकशील साझा पार्टीले तीन हजार ९३६ मत ल्याएका छन्।

एकीकृत शक्ति नेपालले तीन हजार ६६७, नेकपा (माओवादी समाजवादी)ले तीन हजार ६५८, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले तीन हजार २७२, राष्ट्रिय मुक्ति आन्दोलनले तीन हजार २६८, मौलिक जरोकिलो पार्टीले तीन हजार १५२, तराई मधेश लोकतान्त्रिक पार्टीले तीन हजार ८८, नेपाल समावेशी पार्टीले दुई हजार ६९३, नेकपा (परिवर्तन)ले दुई हजार १९९, राष्ट्रिय नागरिक पार्टीले दुई हजार १०३ र नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार ९८३ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म एक करोड एक लाख ७१ हजार २७३ मतगणना भइसकेको छ। प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यताप्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ। कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुने नियम छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter