सञ्चार र सूचना प्रविधि क्षेत्रको कानुन परिमार्जन प्राथमिकतामा : मन्त्री शर्मा

काठमाडौं, फागुन १९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको भेटघाटमा सञ्चार मन्त्री शर्माले सञ्चार र सूचना प्रविधि दुबै क्षेत्रमा सुधार ल्याउन पुराना कानुन बाधक भएकाले कानुन परिवर्तनमा जोड दिएको बताउनुभएको हो । ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भएर मुलुक धेरै अगाडि बढे पनि यी सूचना सञ्चारको क्षेत्रमा पञ्चायतकालीन कानुन नै कायम रहेकाले यी क्षेत्रलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकूल बनाउन समस्या देखिएकाले कानुन परिमार्जनमा जोड दिइएको उहाँले बताउनुभयो

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आम सञ्चारलगायतका ऐन निर्माणको तयारीमा रहेको जानकारी दिनुहुँदै मन्त्री शर्माले आम सञ्चारलाई थप परिस्कृत र व्यवस्थित गर्नु आवश्यक रहेको धारणा औंल्याउनुभयो । सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले सरकारले गरेका राम्रा कामको प्रचार र सरकारले सुधार्नुपर्ने कामको बारेमा खबरदारी गर्नुपर्ने बताउनुभयो ।

संविधान, कानुन र राज्यले गरेका निर्णयले निर्णयलाई जनताको बीचमा लैजाने सञ्चारमाध्यमको दायित्व भएको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले जनताले राज्यबाट पाएका सुविधा र गुनासोको पनि यथार्थ जानकारी लिएर जनता र राज्यबिच पुलको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

सञ्चारसँगै सूचना प्रविधि क्षेत्रको व्यवस्थापन ठूलो सवाल भएको र यो जनताको प्रत्यक्ष जीवनसँग जोडिने भएकाले यसमा आवश्यक नीति र संचना निर्माण गर्न आफू जुटेको मन्त्री शर्माले जानकारी दिनुभयो । भर्खरै सरकारी वेबसाइटहरुको एकीकृत सञ्चालन र अनुगमन प्रणाली सुरु गरिएको उल्लेख गर्दै उहाँले साइवर सुरक्षासँग सम्बन्धित नीतिगत, कानुनी र संरचनागत विकासका लागि उच्चस्तरीय आयोग गठन गरिएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, वरिष्ठ उपाध्यक्ष कमल गिरीलगायत सहभागी नेताहरुले नेपालको पत्रकारिता क्षेत्रमा सुधारका लागि विभिन्न सुझाव दिनुभएको थियो । कार्यक्रम सहजीकरण सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माका सञ्चार विज्ञ एवम् संगठनका केन्द्रीय अनुशासन समिति संयोजक नरेन्द्र केसीले गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter