चिकित्सकहरुको सम्मेलनमा सिकलसेल एनिमियाबारे छलफल

अविनाश चौधरी / धनगढी, फागुन २७ गते। कैलालीको धनगढीमा चिकित्सकको सुदूरपश्चिम प्रदेश स्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ। थारु समुदायमा बढी देखिएको वङ्शाणुगत रोग सिकलसेल एनिमियाको बारेमा चिकित्सकहरुबीच ज्ञान आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन गरिएको हो।

सोसाइटी अफ इन्टरनेशनल मेडिसिन अफ नेपाल (साइमन) को आयोजनामा भएको सम्मेलनमा सिकलसेल एनिमियाको सवालमा चिकित्सकबीच घनिभूत छलफल भएको सम्मेलनका संयोजक वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थले जानकारी दिनुभयो।

सम्मेलनमा उहाँसहित विभिन्न विषयका विशेषज्ञ १६ जना चिकित्सकले सिकलसेल एनिमियासंग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।

कार्यपत्र प्रस्तुत गर्नेहरुमा डा. जगदीश जोशी, डा. राजन पाण्डेय, डा. खगेन्द्र भट्ट, प्रोफेसर डा. भूपेन्द्रकुमार बस्नेत, डा. शेरबहादुर कमर, डा. प्रज्ञा गौतम, डा. कपिल गौतम रहनु भएको छ। यसैगरी, डा. निरजकुमार सिंह, डा. उत्तम भट्ट, डा. पुष्पराज अवस्थी, डा. योगेश भट्ट, डा. नवीन चन्द्र भट्ट, डा. ओमकार विष्ट र डा. अस्मिता शर्माले पनि कार्यपत्र प्रस्तुत गर्नु भएको छ।

सिकलसले एनिमियाले बहु अङ्गमा समस्या गर्ने भएकाले आँखा, हड्डी, पेडियाट्रिक लगायत विषय विशेषज्ञ डाक्टरहरुले कार्यपत्र प्रस्तुत गरेको डा. कायस्थको भनाइ छ। विभिन्न विषयका चिकित्सकहरु एउटै ठाउँमा बसेर रोगको बारेमा छलफल तथा विचार मन्थन गरिएकाले सिकलसेल विरामीको हेरचाह र उपचारको सन्दर्भमा यो सम्मेलन कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

सम्मेलनमा भारत, काठमाण्डौं, नेपालगञ्ज र सुदूरपश्चिममा कार्यरत चिकित्सकहरुको सहभागिता रहेको थियो। कैलालीका अस्पतालमा उपचाररत एक हजार १९८ र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा उपचाररत आठ गरी यो प्रदेशमा अहिले एक हजार २०६ जना सिकलसेलका बिरामी रहेका जनाइएको छ। सेती प्रादेशिक असपतालमा ८३६, घोडाघोडी अस्पतालमा ३६२ र टीकापुर अस्पतालमा एक जना बिरामीले उपचार गराइ रहेका छन्।

चिकित्सकका अनुसार सिकल ‘जेनेटिक डिसअर्डर’ बाट हुने वङ्शाणुगत रोग हो। विगतमा मलेरिया प्रभावित क्षेत्रका आदिवासीमा यो रोग बढी छ। नेपालमा थारु समुदायमा यो रोग बढी रहेको छ। वङ्शाणुगत कारणले रातो रक्तकेशिका खराबी भइ हसिया आकारको हुनु सिकलसेल रहेको सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डा. शेरबहादुर कमरले बताउनुभयो। उहाँका सिकलसेल एनिमियाका बिरामीहरुको राम्ररी उपचार भएमा उनीहरु ७० वर्षसम्म बाँच्ने गर्दछन्।

सिकलसेल एनिमियालाई जनस्वास्थ्य समस्याको रुपमा परिषाभाषित गरेर नेपाल सरकारले २०७१ बाट बिरामीलाई एक लाख रुपियाँ बराबरको औषधोपचार सहुलियत दिदैं आएको छ। त्यसले उनीहरुको उपचारमा धेरै सहज भएको छ।

सिकलसेल बिरामी बाहक र बिरामी गरेर दुई प्रकारका हुने गर्दछन्। बाहकहरु आफू बिरामी नहुने तर आफ्नो सन्तानमा सिकलसेल सार्ने गरेका जनाइएको छ। कुल ११ प्रतिशत सिकलसेल एनिमिया प्रभावितमध्ये बिरामी भएका निकै न्यून एक प्रतिशत जति रहेका डा. कायस्थले बताउनुभयो। ‘बाँकी ९ प्रतिशतभन्दा बढी प्रभावित बाहकमात्रै छन्’, उहाँले भन्नुभयो,‘जो आफू बिरामी पर्दैनन् तर, आफ्ना सन्तानलाई रोग सार्ने गर्दछन्।’

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter