जनप्रतिनिधि र स्थानीयको निगरानीमा रुख कटान

जानु पाण्डे / कपिलवस्तु, चैत ३ गते । कपिलवस्तुको बुद्धभुमि नगरपालिका –२ त्रिसुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा कटान सुरु भएको छ । कार्य योजनाअनुसार हुने कटान गर्न तोकिएको रुखको कटान गर्न र पारदर्शिताको लागि जनप्रतिनिधि, सञ्चारकर्मी, वन कार्यालयका कर्मचारी र स्थानीयको उपस्थितिमा कटान सुरु गरिएको सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले बताउनुभयो ।

रुख कटान कार्यमा समुदायको प्रत्यक्ष संलग्नता गराउँदा अनावश्यक रुख कटान नहुने बुद्धभुमि नगरपालिका –२ नम्बर वडाका अध्यक्ष सुरजप्रताप राणाले बताउनुभयो । रुख कटान गर्दा उपभोक्ता समिति र वन कार्यालयका कर्मचारी मात्र समावेश हुँदा कपिलवस्तुको वनमा तोकिएको भन्दा बढी कटान भएको आवाज समेत उठ्नेगरेको थियो ।

त्रिसुली सामुदायिक वनले रुख कटान गर्दा समुदाय र जनप्रतिनिधिको निगरानीमा गराउँदै जिल्लामा नयाँ अभ्यास सुरु भएको गोरुसिङ्गे सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत वसन्त थापाले बताउनुभयो । कटान गर्नुपर्ने रुखमा ट्याग लगाइएको र माउ रुखलाई सेतो घेरा लगाइ संकेत गरिएको छ । हरेक रुखको जीपीएस लिएको हुँदा अनावश्यक कटान भए थाहा हुने अधिकृत थापाले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter