थ्री नेसन्स कप फुटबल : नेपालको विजयी सुरुवात

काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आयोजक नेपालले दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गर्नुभयो । नेपालका लागि खेलको ३० औँ मिनेटमा तामाङले गोल गर्नुभएको हो। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गर्नुभएको हो। नेपालका लागि दोस्रो गोल खेलको ५६ औं मिनेटमा नवयुग श्रेष्ठले गर्नुभयो ।

कप्तान किरण चेम्जोङको लामो पासमा नवयुगले करिब ३० यार्डबाट उत्कृष्ट गोल गर्नुभएको हो । खेलमा नेपालका अनन्त तामाङ म्यान अफ दि म्याच बन्नुभएको छ ।

नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो। दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter