सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न सकेन : अध्यक्ष ओली

कपिल ज्ञवाली / सिद्धार्थनगर, चैत १५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको बताउनुभएको छ ।

मिसन ग्रासरुट अभियान अन्तर्गत बुधबार रुपन्देहीको तिलोत्तमामा भएको पार्टीको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । गठबन्धन सरकार बनेदेखि मुलुकको आर्थिक अवस्था कमजोर बन्दैगएको उहाँले टिप्पणी गर्नुभयो ।

पछिल्लो समय मुलुकको अर्थतन्त्र ध्वस्त हुँदैगएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “पछिल्लो समय राजश्व संकलन निकै कमजोर छ, विदेशी मुद्राको सञ्चिती छैन, बैंकमा पैसा छैन, मुलुकमा मुद्राको अभाव छ ।”

वर्तमान सरकारसँग मुलुक बनाउने स्पष्ट नीति नभएको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले देश बनाउने संकल्प सरकार र गठबन्धन दलसँग नरहेको आरोप लगाउनुभयो । आफूलाई कम्युनिष्ट भन्ने दल पनि पूँजीवादीको पछि लागेको उहाँको टिप्पणी छ ।

कम्युनिष्ट पार्टी फुटाएर पूँजीवादीको पुच्छर बन्ने दलहरु जनतामा भ्रम छर्ने काम गरिरहेको उहाँले आरोप लगाउनुभयो । देश बनाउने संकल्प र योजना एमालेसँग मात्र रहेको उहाँले दावी गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter