चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

ललिता साह / वोदेवर्साइन (सप्तरी), चैत १५ गते । सप्तरीमा चैते धान लगाउने किसान र जग्गाको क्षेत्रफलमा वृद्धि भए पनि सरकारले प्रदान गरिने अनुदानको रकम भने समयमा किसानसम्म नपुगेको किसानको गुनासो छ ।

सप्तरीमा हाल दुई सय २० हेक्टरमा चैते धानको खेती हुँदैआएको छ । यो धान ४.७७ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुन्छ । गत वर्ष योभन्दा थोरै क्षेत्रफलमा एक हजार ५० मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

सरकारले चैते धान खेती, बेमौसमी तरकारीलगायतका अन्य खेतीमा विभिन्न प्रकारका अनुदानहरू दिँदैआएको सुनेर पोहोर–परार पाँच कट्ठा मात्रै चैते धान रोप्ने गरेको थियो । “सरकारको अनुदान आउँछ भनेर सुनेको थिएँ, त्यही सुनेर गाउँपालिकामा कति दिन धाएँ, सरकारले बीउ नपठाएपछि फर्केरआएको विष्णुपुर गाउँपालिकाका कृषक रामशुभक ठाकुरले बताउनुभयो ।

कृषिमा बढ्दो प्रविधि आधुनिकीकरण र सरकारको अनुदान तथा सिँचाइ सुविधा बढेपछि कृषि शिक्षासँगै चैते धान उत्पादनतिर किसानको आकर्षण बढेको कृषिविज्ञ भगवान् ठाकुरले बताउनुभयो ।

चैते धान उत्पादनमा प्रदेश तथा स्थानीय सरकारबाट केही लगानी नरहे पनि सङ्घीय सरकारबाट थोरै मात्रामा अनुदान आएको बताइएको छ । बीउ वितरणको अनुदान समयभन्दा धेरै ढिलो आएकाले हामी जिल्लाको छिन्नमस्ता बोदेबर्साईन र रुपनीमा केही कृषकलाई बीउ वितरण गरे पनि अन्य रकम भने मौज्दात रहेको र त्यसलाई चैते धानको सिँचाइमा सदुपयोग गर्ने कृषि ज्ञानकेन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

सप्तरीको दक्षिणी भेगका किसानहरू चैते धानको खेतीतर्फ आकर्षित हुँदैगएका छन् । मङ्सिरमा सिजनल धान काटेसँगै उहाँहरू माघ लाग्नेवित्तिकै चैते धानको बीउ छर्ने र खेत तयार गर्ने काम सुरु गरिहाल्छन् । फागु पूर्णिमा सकेलगत्तै ब्याड तयार भइसकेको चैते धान रोप्ने चटारो देखिएको छ ।

जिल्लाको दक्षिणी भेग तिलाठी कोइलाडी, छिन्नमस्ता, विष्णुपुर, डाक्नेश्वरी, बोदेबर्साईन भेगका किसानहरू बढी मात्रामा चैते धानको खेती हुनेगरेको छ । चैते धान उत्पादनको एरिया बढेसँगै जिल्लाको रुपनी, अग्निसाइर कृष्णासवरन, शम्भुनाथलगायतको पालिकाका किसानले चैते धान लगाउन थालेको रुपनी गाउँपालिकाका कृषक बलराम यादवले बताउनुभयो ।

मौसमी धानले वर्षभरि खान पुग्छ भने किसानलाई पैसाको चटारो भएको बेला चैते धान उत्पादन भएपछि त्यही बेचेर असारे खेतीमा लगानी गर्न सहज हुँदैआएको स्थानीय दुर्गादेवी मण्डलले बताउनुभयो । कुनै रोग किराको प्रकोप भएन र समयमा सिँचाइ भयो भन्ने यो वर्ष उत्पादन बढ्ने अनुमान ज्ञान केन्द्रले गरेको छ । मौसमी धानको तुलनामा दोब्बर परिमाणमा उत्पादन हुने चैते धानलाई नगदे वालीको रूपमा लिइने गरेको कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख राजेन्द्रप्रसाद यादवले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter