• Sunday, April 13, 2025

बीमा गरेकामध्ये ५५ प्रतिशतले सेवा लिँदैनन्

काठमाडौं,चैत २४ गते।नेपालमा बीमा गरेका मध्ये ५५ प्रतिशतले सेवा नलिएको तथ्यांकले देखाएको छ। स्वास्थ्य बीमा बोर्डको सातौं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक तथ्यांकले यस्तो देखाएको हो।

बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले नेपालमा कुल जनसंख्याको २२ प्रतिशत अर्थात् ६४ लाख ५४ हजार ७७२ बीमित जनसंख्या छन्।

कुल बीमितमध्ये २८ लाख ९३ हजार ५७२ जना अर्थात् ४५ प्रतिशतले सेवा लिइरहेको र ५५ प्रतिशत जनसंख्याले बीमा सेवा नलिएको बसौलाले जानकारी दिनुभयो।

उहाँका अनुसार बीमित परिवारको संख्या १९ लाख ९४ हजार ३३८ छ।नवीकरण गर्ने बीमितको संख्या ७० प्रतिशत छ।

कार्यक्रममा २६ जिल्लाका लक्षित वर्गको आबद्धता अति गरिब जनसंख्या चार लाख ९८ हजार ७२२ रहेको छ।जेष्ठ नागरिक बीमितको संख्या सात लाख ७७ हजार ८१६ छ।

त्यसैगरी, एचआईभी संक्रमित (परिवारका सदस्य समेत) बीमितको संख्या ३२ हजार ५३० रहेको छ। अति अशक्त बीमित एक लाख २२ हजार १४५, कुष्ठरोगी संक्रमित बीमितको संख्या तीन हजार २४२, क्षयरोगका बिरामी तीन हजार १७,महिला स्वास्थ्य स्वयमसेविका बीमितको संख्या एक लाख नौ हजार ६०७ जना रहेको छ।

हालसम्म ७७ वटै जिल्लाको ७४८ स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भइसकेको छ।कार्यक्रममा बोर्डका निर्देशक बसौलाले काठमाडौं र ललितपुरमा स्वास्थ्य बीमाको कार्यक्रमलाई विस्तार गर्न कठिनाइ भएको जानकारी दिनुभयो।

फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बीमितलाई समस्या भएको, बोर्डको स्थायी संरचना स्वीकृत नभएको र अति विपन्न परिवारलाई बीमाको दायराभित्र ल्याउन नसकिएको आदि कुराको समस्या रहेको जनाइएको छ।

त्यस्तै, यी समस्याको हलका लागि काठमाडौं र ललितपुर महानगरका अधिकारीसँग छलफल भइरहेको, दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउन र परीक्षण गर्न जनशक्ति थप गर्नुका साथै आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको लागि सुविधाको थैली तयार गरी अन्तिम चरणमा रहेको जनाइएको छ।

अहिलेसम्म ४५६ स्वास्थ्य संस्थाबाट बीमा कार्यक्रम सञ्चालनमा आएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter