• Wednesday, April 23, 2025

प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताको भेट : संसद् सञ्चालनको विषयमा छलफल

काठमाडौं, चैत २५ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेसहित शीर्ष तीन दलका नेताबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो।

भेटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख घिमिरेसँगै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्थ्यो ।

बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले संसद सञ्चालन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको जानकारी दिनुभयो ।

सभामुख र शीर्ष नेताबीचको भेटमा संसद् संचालन र विधेयक छिटो टुंग्याउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डले प्रष्ट पार्नुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यी विधेयक छिटो टुंग्याउन जरुरी छ। सहमति जुटाउने भन्ने कुरामा सैद्धान्तिक रूपमा सबै सहमत छौं।’’ यो विषयमा थप छलफल गरेर टुंगोमा पुर्याउन चैत २८ गते फेरि छलफल हुने प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘२८ गते बिहान ९ बजे फेरि बसेर टुंग्याउने कुरा भएको छ। सरकारमा सहभागी दलले विधेयकलाई फास्ट ट्याकबाट पारित गर्नुपर्छ भनेका छौं। प्रतिपक्षले समितिमा लैजानुपर्ने भनेको छ। बीचको बाटो खोज्ने भन्ने पनि छ।’’

सरकारले तीन वटा विधेयकलाई प्राथमिकतामा राखेको छ। लामो समयदेखि संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको किनारा नलागेको भन्दै सरकारले योसँग सम्बन्धित विधेयकलाई प्राथमिकतामा राखेको छ। सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकलाई प्राथमिकता दिएको छ। सरकारमा सहभागी दलले विधेयकलाई छिटो बाटोबाट अगाडि बढाउन पहल गरिरहेका छन्।

त्यसैगरी, नेकपा (एमाले) अध्यक्ष ओलीले भेटमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को संशोधन गर्न बनेको विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताउनुभएको छ । भेटमा संसद्का विषयगत समिति गठनको विषयमासमेत कुराकानी भएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter