• Sunday, April 13, 2025

बजार माग अनुसारको प्राविधिक जनशक्ति उत्पादनमा सञ्चारमन्त्रीको जोड

काठमाडौं, वैशाख ३ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा बजारले माग गर्ने खालको जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक शिक्षाको पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।

सूचना प्रविधिको क्षेत्रमा जनशक्ति उत्पादनका सन्दर्भमा मन्त्रालयमा आयोजना गरिएको शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिईभिटी)का अधिकारीसँगको छलफलमा यो विषय उठाउनुभएको हो।

छलफलमा उहाँले सूचना प्रविधिको क्षेत्र दिनदिनै फेरिने भएकाले यो क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादनमा पनि नयाँ नयाँ पाठ्यक्रम आवश्यक पर्ने बताउनुभएको हो।

‘‘सूचना प्रविधि अब सामान्य सिपमा आधारित विषय रहेन’’, उहाँले भन्नुभयो, ‘‘जसरी चिकित्साशास्त्रमा फरक फरक विषयमा विशेषज्ञ उत्पादन गरिन्छ, त्यसरी नै सूचना प्रविधिमा पनि फरक फरक विषयका विशेषज्ञ उत्पादन गर्नुपर्ने अवस्था आएकाले दक्ष र अर्धदक्ष जनशक्ति उत्पादन गर्ने सबै निकायले समयानुकूल पाठ्यक्रममा सुधार ल्याउनु आवश्यक छ।’’

नेपालमा सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा जोड दिने र अर्धदक्ष जनशक्तिलाई रोजगारीसँग जोड्ने सवालमा के कस्ता कार्यक्रम तयार गर्न सकिन्छ, त्यसमा ध्यान दिन पनि उहाँले शिक्षा मन्त्रालय र सिटिईभिटीका अधिकारीलाई आग्रह गर्नुभयो।

‘‘हुन त यो शिक्षा मन्त्रालयको काम हो तर सूचना प्रविधिका जनशक्ति उत्पादनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि चासो छ’’, उहाँले भन्नुभयो, ‘‘अन्तर मन्त्रालय समन्वयको माध्यमबाट यसलाई अझै व्यवस्थित गर्न आवश्यक देखिएको छ, हामी हाम्रो मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं।’’

सिटिईभिटीका अधिकारीले प्रिडिप्लोमा र डिप्लोमाअन्तर्गत कम्प्युटर इञ्जिनियरिङ र सूचना प्रविधिमा पठनपाठन भइरहेको भए पनि विद्यार्थीको अपेक्षाकृत आकर्षण नदेखिएको जानकारी गराएका थिए।

यो वर्ष प्रिबोर्डतर्फ कम्प्युटर इञ्जिनियरिङमा एक हजार नौ सय ६० कोटा रहेकोमा नौ सय १६ र सूचना प्रविधितर्फ दुई सय ५० कोटा रहेकोमा दुई सय ५० जनाले अध्ययन गरिरहेका छन्। तर, डिप्लोमातर्फ भने कोटाभन्दा आधा संख्यामा मात्रै विद्यार्थीले पढिरहेका छन्। डिप्लोमातर्फ कम्प्युटर इञ्जिनियरिङमा दुई हजार ५६ कोटा रहेकोमा नौ सय ३२ र सूचना प्रविधितर्फ एक हजार दुई सय कोटा रहेकोमा छ सय पाँच जनाले मात्रै पढिरहेका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter