‘सहकारीमार्फत महिलालाई समक्ष बनाउन जुटौं’

अमृतप्रसाद पौडेल / म्याग्दी, बैशाख ७ गते । महिलालाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा सक्षम बनाउन सहकारी उपयुक्त र प्रभावकारी माध्यम रहेको म्याग्दीका महिलाले बताएका छन् । सामाजिक विकास कार्यालय म्याग्दीले अन्नपूर्ण गाउँपालिकासँगको सहकार्य तथा मिलन म्याग्दीको व्यवस्थापनमा सञ्चालन भएको दुई दिने सहकारीको संस्थागत विकास तथा अभिमुखीकरणका अवसरमा यहाँ आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाको क्षमता अभिबृद्धिमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ दानामा भएको महिलालाई संगठित गरी क्षमता विकाससँगै आयआर्जन गर्न, वचत गर्न तथा सामाजिक रुपमा सक्षम बनाउन सहकारी प्रभावकारी र भरपर्दो माध्यम भएको उहाँको भनाइ छ ।

अन्नपूर्ण गाउँपालिका ३ का अध्यक्ष रमेश पुर्जाले सहकारी समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएको बताउनुभयो । सहकारी सञ्चालनका विधि तथा प्रक्रियाहरु नजानेर वा जानेर पनि वेवास्ता गरेका कारण सहकारी क्षेत्रमा समस्या सिर्जना भएको उहाँको भनाइ छ ।

तालिमका सहजकर्ता राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जि.सी.ले सहकारीमार्फत सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि सञ्चालक र व्यवस्थापनले सदस्यहरुको क्षमता विकाससँगै आयआर्जन वृद्धि गर्नेखालका कार्यक्रम बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, अन्नपुर्ण गाउँपालिकाको दाना र नारच्याङमा रहेका महिला सहकारीका सञ्चालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter