• Saturday, April 05, 2025

नेपाललाई चलचित्र छायांकनको गन्तव्यस्थल बनाउनुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं, वैशाख ३१ गते। उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बनाउनुपर्ने बताउनुभएको छ। आइतबार काठमाडौंमा आयोजित ११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच चलचित्र सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले प्रकृतिको सुन्दर उपहार नेपालको भूमि अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बन्नसक्ने तर यसको प्रचारप्रसार अधिकतम हुनुपर्ने बताउनुभयो।

उहाँले सबै पक्ष एकजुट भएर नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्ने बताउनुभयो। उहाँले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा लैजान चलचित्र क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले बहुभाषा र बहुसंस्कृति नेपालका मौलिक पहिचान भएकाले यसको परावर्तन हरेक क्षेत्रमा हुन जरुरी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘नेफ्टा अवार्ड निष्पक्ष र वस्तुपरक रही इमान्दारिताका साथ सही कार्यक्रम सञ्चालन हुने कुरामा विश्वस्त छु, प्रकृतिको सुन्दर उपहार नेपालको भूमि अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि राम्रो गन्तव्यस्थल बन्नसक्छ। यसका लागि अधिकतम प्रचारप्रसार गर्न जरुरी छ। सबै पक्ष एकजुट भए नेपाली चलचित्र क्षेत्रले थप फड्को मार्छ। नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा यो क्षेत्रले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। बहुभाषा र बहुसंस्कृति हाम्रा मौलिक पहिचान भएकाले त्यसको परावर्तन हरेक क्षेत्रमा हुनु जरुरी छ।’’

११ औं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट पाँच चलचित्रमा कबड्डी ४, छक्कापञ्जा ४, ऐना झ्यालको पुतली, राधा र चिसो मान्छे अटाएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter