प्रधानलाई मिस नेपालको उपाधि

काठमाडौं, जेठ १३ गते । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले पाउनुभएको छ ।
शनिबार गोदावरीको सनराइज हलमा आयोजित फाइनल स्पर्धामा २४ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रधानले उपाधि जित्नुभएको हो ।
त्यसैगरी, मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जित्नुभएको छ भने मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले पाउनुभएको छ ।