प्रधानमन्त्री प्रचण्ड र सुरक्षा सल्लाहकार डोभालबीच भेटवार्ता

काठमाडौं, जेठ १७ गते। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ।

चार दिवसीय भारत भ्रमणका लागि बुधबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

बुधबार दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डसँग सोही होटलमा पुगेर भारतका विदेश सचिव विनयमोहन क्वात्राले समेत भेट गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमास्थलमा बुधबार दिउँसो भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको हो। विमानस्थलमा उहाँलाई सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको थियो।

प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गर्नुभएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter