खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर छ : आचार्य

प्रकाशविक्रम शाह / धनगढी, जेठ २० गते । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तीव्र बनेको छ । जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तीव्र पारिएको हो । पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण धनगढी आइपुग्नुभएको छ । आध्यात्मिक सम्मेलनका लागि उहाँ धनगढी पुग्नुभएको हो ।

उहाँले आफू सुदूरपश्चिमको विकास र कल्याणका लागि सदैव सोच्ने मान्छे भएको बताउनुभयो । उहाँले खप्तड स्वीजरल्याण्डभन्दा पनि सुन्दर भएको दाबी गर्नुभयो । यसको प्रचार र विकास गरिनुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, ‘खप्तड धेरै सम्भावना भएको ठाउँ हो । खप्तड स्विजरल्याण्डभन्दा सुन्दर छ । यहाँको प्रदेश सरकारले, नेपाल सरकारले खप्तडको विकासमा लाग्नुपर्छ, हामी पनि यसमा सहयोग गर्छौ ।’

पतञ्जलिले खप्तडलाई देश विदेशमा चिनाउन पहल गर्ने बताउँदै उहाँले खप्तडमा आफूले जडीबुटीको अन्वेषण पनि गर्ने बताउनुभयो । त्यसका लागि आफ्नो विज्ञ टोली खप्तड पुगिसकेको उहाँको भनाइ छ ।

त्यस्तै निकट भविष्यमै कैलाश मानसरोवर र खप्तडलाई आपसमा जोड्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि यहाँको सरकारलाई आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

खप्तडमा हुने सो सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । भारतीय योगगुरु बाबा रामदेव, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुनुहुनेछ ।

सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले सम्मेलनको आयोजना गर्न लागेका हुन् ।

खप्तडबाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ । आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मलुका पर्यटक बढ्ने विश्वास खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा मूल समारोह समितिका सदस्यसचिव भीमबहादुर खड्काले बताउनुभयो ।

ठुलठुला पाटन (चौर), पाटनभरि फैलिएका रङ्गीबिरङ्गी फूल, दह, जीवजन्तु र हिमालको प्राकृतिक सौन्दर्यले सुशोभित खप्तडबारे स्कन्द पुराणमा समेत चर्चा गरिएको पाइन्छ । धार्मिक किंवदन्तीअनुसार पाण्डुपुत्र युधिष्ठिर खप्तडको बाटो हुँदै स्वर्ग जानुभएको थियो ।

त्रिवेणीधाम, केदारढुङ्गा, नागढुङ्गा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिङ्ग, खप्तडबाबाको कुटीजस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ ।

२२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) ले भरिपूर्ण जैविक विविधताको फूलबारी खप्तड सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटीले भरिपूर्ण छ । समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तड क्षेत्रमा सदियौँदेखि लाग्ने विविध सांस्कृतिक मेलामध्ये गङ्गा दशहरा, जनैपूर्णिमामा हजारौँ तीर्थयात्री त्यहाँ पुग्नेगरेका छन् । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter