• Sunday, April 13, 2025

वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउँछौँः श्रममन्त्री भण्डारी

काठमाडौं, जेठ २१ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताउनुभएको छ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपाली जाने गन्तव्यलाई सुरक्षित र मर्यादित बनाउने दायित्त्व सरकारले निर्वाह गर्ने बताउनुभएको हो।

उहाँले सरकारसँग पनि वैदेशिक रोजगारमा गएका मानिसको र फर्किएका मानिसको पनि यकिन डेटा राख्न विभागलाई निर्देशन दिनुभयो। मन्त्री भण्डारीले अवैधानिक रुपमा नेपालबाट विदेश गएकालाई मान्यता दिने सरकारको तयारी रहेको बताउनुभयो।

उहाँले नेपालबाट विभिन्न देशमा अवैधानिक रुपमा पर्यटक भिसालगायत अन्य जुनसुकै भिसामा गएर काम गरिरहेकालाई मान्यता दिएर नागरिकको साथमा सरकार छ भन्ने महसुस गराउन आवश्यक रहेको बताउनुभयो।

उहाँले यो विषयमा सरकारले एउटा अभियान सञ्चालन गर्ने बताउनुभयो। उहाँले नेपाली अवैधानिक रुपमा गएका देशमा पनि कानुनी प्रावधानका विषयमा छलफल गर्ने तयारी रहेको बताउनुभयो।

उहाँले वैदेशिक रोजगारको लागि विभिन्न मुलुकको ऐन र कानुनलाई ध्यानमा राखेर मात्रै सरकारले श्रम सम्झौता गर्ने बताउनुभयो। उहाँले सरकारले विदेशबाट फर्किएकासँग विदेशमा सिकेर आएको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्ने बताउनुभयो। उहाँले सरकारको मुख्य उद्देश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच र श्रम बजारमा आवश्यकता अनुसारको श्रमिकलाई तयार गर्नुरहेको बताउनुभयो।

उहाँले मन्त्रालय अन्तरगतका विभागले वैदेशिक रोजगारीका विषयमा इमान्दारिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जाने नेपाली बिना कुनै जानकारी विना वैदेशिक रोजगारीमा जाने गरेको भन्दै वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले पाउनुपर्ने जानकारी पाउनुपर्ने बताउनुभयो।

उहाँले विभागले वैदेशिक रोजगारी क्षेत्रमा समस्या भए भनेर प्रहरी प्रशासन सहयोगले मात्रै समस्या समाधान नहुने बताउनुभयो। उहाँले नीतिगत हिसाबमा इमान्दार र नयाँ टेक्नोलोजीको प्रयोग गरेर काम गर्नु आवश्यक रहेको बताउनुभयो।

उहाँले सरकारले विभिन्न विभाग खारेज गर्ने भन्दा पनि व्यवस्थित बनाउन खोजेको बताउनुभयो। उहाँले स्थानीय तहलाई बलियो बनाएर रोजगार सेवा केन्द्रबाट सबैखालका समस्या समाधान गर्न खोजिएको दाबी गर्नुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter