महादेवामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

देवरामप्रसाद यादव / सप्तरी, जेठ २२ गते । सप्तरीको महादेवा गाउँपालिका –१ को चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । वडा १ को चिम्टि टोलमा रहेको चन्द्र नहरको पैनीको मर्मत सम्भारको साथै पकरी स्वास्थ्य चौकीको प्राङ्गणको सरसफाई, बाटोमा माटो पुर्ने तथा मर्मत लगायतको काम सुरुभएको हो ।

त्यसमा ११ जना सहभागीे रहेको वडाध्यक्ष जयश्वर किशोर दासले बताउनुभयो । सो कार्यमा वडाका गरिबीको रेखामुनी रहेका तथा आयस्रोत कमजोर भएको वेरोजगार ब्यक्तिको जीवनस्तर उकास्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको महादेवा गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक मिथिलेशकुमार मण्डलले बताउनुभयो ।

उहाँका अनुसार यस वडामा ६० मीटरसम्म सरसफाई, डगर, बाटोमा माटो पुर्ने तथा बाटोघाटो मर्मत लगायतको काम भइरहेको छ । यस कार्यका लागि गाउँपालिकामा ८० जना जनशक्तिलाई एक सय दिनसम्म रोजगारीका लागि २९ लाख रुपियाँ बजेट विनियोजन भएको रोजगार संयोजक मण्डलले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter