सुरक्षित आवासका ८५६ लाभग्राही छनौट

राममणि दाहाल / हेटौँडा, जेठ २२ गते । मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने पालिकाहरुका सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत लाभग्राहीहरु छनौट गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाको संयोजकत्वमा यहाँ बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले लाभग्राहीको छनौट गरेको हो ।

पालिकाबाट सुरक्षित नागरिक आवासका लागि पालिकाबाट फारम भरी सघन सहरी तथा भवन निर्माण आयोजना चितवनमा पेस भएका लाभग्राहीहरुको सूची तयार गरी आयोजनाले विवरणका आधारमा अङ्ग प्रदान गर्ने र समितिले उच्चतम अङ्ग प्राप्त गर्ने लाभग्राहीहरु अनुदानका लागि छनौट गर्ने व्यवस्था सुरक्षित नागरिक आवास कार्यान्वयन (पहिलो संशोधन) कार्यविधि २०७६ मा उल्लेख छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बैठकले हेटौँडा उपमहानगरपालिकाको १, ३, ११ र १९, थाहा नगरपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका गरी अनुदानका लागि ३८६ लाभग्राही छनौट गरेको जानकारी दिनुभयो । उहाँका अनुसार घरको छाना छाउन दुई किस्तामा गरी पालिकामार्फत ७५ हजार रुपियाँ अनुदान लाभग्राहीले पाउने व्यवस्था छ ।

कार्यक्रमअनुसार चालू आर्थिक वर्ष २०७९–८०का लागि एक हजार २४८ घर सङ्ख्या स्वीकृत भएकोमा यसअघि समितिले हेटौँडा उपमहानगरपालिकाबाट १४१, थाहा नगरपालिकाबाट ३८, राक्सिराङ गाउँपालिकाबाट १६६ र कैलाश गाउँपालिकाबाट १२५ गरी ४७० लाभग्राही छनोट गरेको थियो ।

कार्यविधिमा अनुदानवापतको रकम पालिकामा पठाउने र पालिकाले कामको आधारमा किस्ताबन्दी रुपमा दिने व्यवस्था रहेको छ । लाभग्राहीले बसोबास गर्दैआएको घरको छाना पराल, खर, पराल, आसवेसटस विटमिन ड्रम वा यस्तै प्रकृतिका आगो, पानी तथा हुरीबाट सहजै प्रभावित हुने अन्य सामग्रीबाट छाएको घरका लाभग्राहीले अनुदान पाउने छन् ।

लाभग्राही छनौट भई स्थानीय तहले अनुदान सम्झौता गरेका लाभग्राहीलाई जस्तापाता, काठलगायतका सामग्री खरिद गर्न पहिलो किस्तामा अनुदानको ६० प्रतिशत र बाँकी ४० प्रतिशत अनुदान रकम काम सम्पन्न भएपछि स्थानीय तहको प्राविधिक प्रतिवेदनसहित सिफारिसका साधारमा भुक्तानी पाउने जिसस प्रमुख घलानले बताउनुभयो ।

समितिले सुरक्षित नागरिक आवास निर्माण गर्नेक्रममा गुणस्तर कायम गर्न तथा एकरुपता ल्याउनेजस्ता पाताको मोटाई कम्तिमा ०.४५ मिलिमिटर कायम गर्ने र पहिचानका लागि एकरुपता कायम गर्न एकै रङ्गको जस्तापाता प्रयोग गर्न लाभग्राहीलाई प्रोत्साहित गर्नेसमेत निर्णय गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter