मिडियामा बालबालिकासम्बन्धी ६ प्रतिशत मात्र समाचार

धीरेन्द्रप्रसाद साह / जनकपुरधाम, जेठ २३ गते । नेपाली मिडियामा ६ प्रतिशत मात्र बालबालिकासम्बन्धी समाचारजन्य विषयबस्तु समेटिनेगरेको एक अध्ययनले देखाएको छ । नेपालका ठूला पाँच छापा मिडिया र तीन अनलाइन मिडियाका ११ हजार ५३० वटा प्रकाशित समाचार, लेख, सम्पादकीय र अन्तर्वार्ता अनुसन्धान अध्ययन गर्दा सो तथ्याङ्क फेला परेको हो ।

चाइल्ड नेपालले मंगलबार जनकपुरधाममा आयोजना गरेको नेपाली आमसञ्चारमा बाल संवेदनशीलताको अवस्थासम्बन्धी अन्तरक्रियामा प्रमुख अनुसन्धानकर्ता डा. कुन्दन अर्यालले प्रस्तुत गर्नुभएको नेपालमा बालमैत्री मिडिया अनुसन्धानमा सो तथ्याङ्क देखिएको हो । अध्ययन अनुसन्धानमा समेटिएको ११ हजार ५३० वटा समाचार, लेख, सम्पादकीय र अन्तर्वार्तामध्ये ६७१ वटा (६ प्रतिशत) मात्र बालसम्बन्धी विषयवस्तु पाइएको उहाँले बताउनुभयो ।

बालसम्बन्धी प्रकाशित ६७१ विषयवस्तुमध्ये ३३ प्रतिशत पूर्णरुपमा बालबालिकाको विषयमा केन्द्रित रहेको पाइएको छ । २२ प्रतिशत आंशिक, र ४५ प्रतिशत सामान्य रुपमा उल्लेख गरिएको अनुसन्धान अध्ययनमा देखिएको उहाँको भनाइ छ । अध्ययन अवधिमा एक हजार ३७६ वटा प्रकाशित लेखमा १० प्रतिशत (१३८ वटा) बालबालिकासम्बन्धी सामग्री रहेको पाइएको छ ।

यसैगरी, २६२ सम्पादकीयमध्ये ३२ वटा अर्थात् १२ प्रतिशत सम्पादकीय बालबालिकाको विषयमा केन्द्रित रहेको छ । सम्पादकीयमा ३४ प्रतिशत बालशिक्षा, १३ प्रतिशत दुरुपयोग र शोषण, १३ प्रतिशत स्वास्थ्य, तीन प्रतिशत महामारी र तीन प्रतिशत विपद् र दुर्घटनासम्बन्धी सामग्री रहेको छ ।

यस्तै, अनलाइन पोर्टलका स्टोरीमा ४४ प्रतिशत बाल संरक्षण, २३ प्रतिशत बालअधिकार, १९ प्रतिशत बालविकास, र तीन प्रतिशत बाल सहभागिताको विषयवस्तु समेटिएको उल्लेख छ । त्यस्तै, छ प्रतिशत बालविवाह, ५७ प्रतिशत घटना दुर्घटना, २९ प्रतिशत सान्दर्भिक रिपोर्टिङ् र १४ प्रतिशत प्रेस विज्ञप्ति र रिपोर्टमा आधारित रहेको छ ।

अनलाइन स्टोरीका २१ प्रतिशत महामारी, १७ प्रतिशत शिक्षा, १४ प्रतिशत विपद् दुर्घटना, १३ प्रतिशत दुरुपयोग, ११ प्रतिशत स्वास्थसम्बन्धी विषयवस्तु समेटिएको अनुसन्धानले देखाएको छ ।

चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले भौतिक पूर्वाधार निर्माणको योजनाभन्दा मानवीय विकास राष्ट्र गौरव बन्नु पर्नेमा जोड दिनुभयो । बालबालिका भविष्यको कर्णधार मात्र होइन, आजको नागरिक हो भन्ने कुरा स्थापित भइसकेकाले बोलाइमा पनि परिवर्तनको आवश्यकता औल्याउनुभयो ।

सन् २०२२ मा गरिएको अध्ययन अनुसन्धानमा गोरखापत्र, कान्तिपुर, नागरिक, नयाँ पत्रिका र अन्नपूर्ण पोष्ट, अनलाइन खबरडटकम, रातोपाटी डटकम, र सेतोपाटी डटकम अनलाइन पोर्टललाई समावेश गरिएको कार्यक्रम संयोजक यमबहादुर चौधरीले जानकारी दिनुभयो । बालबालिकाको संवेदनशीलताको सबालमा मिडिया कमजोर देखिएको अध्ययनको निस्कर्ष रहेको उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter