तरकारी खेतीबाट युवाले गरे लाखौं आम्दानी

जयकृष्ण यादव / इनरुवा, जेठ २४ गते । देशभरबाट युवाहरु रोजगारीका लागि विदेश पलायन भइरहेका बेला सुनसरीका युवाहरुले भने उदाहरणीय काम गरेर स्वदेशमै मनग्य कमाउँदै आएका छन् । सुनसरीका युवाहरुले आफ्नै भूमिमा लाखौं आम्दानी गरी स्वरोजगार बन्न सफल भएका छन् ।

सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका –२ का किसान उमेश मेहताले आफ्नो तीन विघा जग्गामा श्रमगरी परबल, लौका र करेला लगाएर बार्षिक लाखौ आम्दानी गर्न सफल हुनुभएको छ ।

मेहताले गाउँघर र बजारमा युवाहरु नहुँदा कतै धेरै खेतखलिहान बाँझो रहेको भए पनि आफूहरुले आफ्नै घरमा खाएर खाली खेतमा तरकारी उव्जाएर विदेशी तरकारी विस्थापित गरेको बताउनुभयो । दैनिक लाखौं रुपियाँको तरकारी भारतबाट भित्रिनेगरेको र नेपालमा खाली जग्गा रहेको अवस्थालाई ध्यानमा राखी तरकारी खेतीमा लागेको मेहताको भनाइ छ ।

त्यसैगरी कनैहया महेताले केही वर्ष पहिला घर खर्च चलाउन गाह्रो भएपछि साथीहरुको सुझावले तरकारी खेतीमा लागेको बताउनुभयो । मेहताले अरुको देशमा श्रम र पसिना बेचेर कष्ट जिवन बाँच्नुभन्दा आफ्नै घरमा बसेर तरकारी खोतीको काम रोजेको बताउनुभयो ।

गाउँमा दुई हजार रुपियाँ प्रतिकठ्ठाको जग्गा भाडा लिएर तरकारी खेतीगरी मनग्य आम्दानीबाट लाखौ रकम कमाउदै आएको उहाँले बताउनुभयो । जग्गामा काउली, बन्दा, काँक्रा, करेला, परबल, प्याजलगायतका तरकारी उत्पदान गरी लाखौं आम्दानी गर्दैआएको बताउनुभयो ।

इनरुवा –९ का रामचन्द्र महेताले पनि भाँडामा लिएर निरन्तर तरकारी खेतीमा व्यस्त रहनुभएको छ । बारीमा गरेको खेतीबाट खुसी र सन्तुष्ट रहेको मेहताको भनाइ छ । स्थानीय किसानले तरकारी खेतीमा देखाएको रुचिलाई ध्यान दिँदै प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाले समेत पकेट तथा ब्लकमार्फत अनुदान उपलब्ध गराएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter