• Wednesday, April 23, 2025

खप्तड धार्मिक महत्त्वलाई सम्मेलनले गर्‍यो अन्तर्राष्ट्रियकरण

डिलबहादुर सिंह / खप्तड (बाजुरा), जेठ २५ गते । सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनले यहाँको धार्मिक महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्नमा सहयोग गरेको छ ।

जेठ २३ र २४ गते आयोजना गरिएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा भारतीय योगगुरु रामदेव, आचार्य बालकृष्ण, जगतगुरु अनन्तश्री विभूषित श्रीवालसन्त मोहनशरण देवाचार्य, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न देशका राजदूत तथा राजदुवासका प्रतिनिधि, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, सांसदहरूलगायतको सहभागिता थियो ।

सम्मेलनका क्रममा विभिन्न विषय विज्ञमार्फत खप्तडको बहुआयामिक विषय र सम्भावनाका विषयमा प्यानल छलफल र खप्तडको विकासका लागि राजनीतिक दलहरूको प्रतिबद्धता लिने काम भएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडलाई धर्तीको स्वर्ग (भु–स्वर्ग)का रूपमा लिने गरिन्छ ।

डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाको सँगमस्थलको रूपमा रहेको खप्तड क्षेत्रमा वर्षायाममा फुल्ने फूलहरूले यो क्षेत्र ढकमक्क हुन्छ । फराकिला पाटनमा फुलेका ढकमक्क विभिन्न रङ्गका फूलहरूले खप्तड क्षेत्र बेहुलीझैँ शृङ्गारिन्छ ।

खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २२५ वर्ग किमी रहेको छ । समुद्र सतहबाट ३ हजार ५ सय मिटर सम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र ५ सय ६७ थरिका वनस्पतिहरू पाइन्छन । खप्तडलाई २२ पाटन, ५२ झोती (थुम्का) को संगमस्थलका रूपमा चिनिन्छ ।

खप्तड पुग्न यात्रा केही कठिन भए पनि खप्तडको सुन्दरताले बाटोको थकान सहजै मेटाउने गरेको सहभागीहरूको बुझाइ छ । हिउँदमा हिउँले पुरिने खप्तड वर्षायाममा सयौँ प्रकारका फुलै फूलहरूको बगैँचा बन्छ । विभिन्न किसिमका चराहरूको चिरबिरले वातावरणलाई मनमोहक बनाउने गरेको स्थानीयको अनुभव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter