कृषकलाई छ करोड अनुदान हस्तान्तरण

चितवन, जेठ २७ गते । भरतपुर महानगरपालिकाले दुग्ध कृषकहरूलाई छ करोड १२ लाख रुपियाँ अनुदान हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कृषकले सहकारीमार्फत बिक्री गरेको प्रतिलिटर तीन रुपियाँका दरले हुन आउने छ करोड १२ लाख रुपियाँ अनुदान हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले कृषकलाई संयुक्त रूपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । आर्थिक वर्ष २०७९/८० दुग्ध सहकारीमा आबद्ध

कृषकहरूले दुई करोड चार लाख लिटर दुध सङ्कलन गरेको तथ्याङ्कका आधारमा महानगरले उक्त अनुदान प्रदान गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ बाट भरतपुर महानगरपालिकाले नेपालमै पहिलो पटक

पशुपालक कृषकलाई दृष्टिगत गरी अनुदान दिन सुरु गरेको थियो । महानगर प्रमुख रेनु दाहाल कृषकलाई प्रोत्साहनका लागि उक्त अनुदान दिने गरिएको बताउनुभयो । दुधमा अनुदानसँगै महानगरले कृषकहरूलाई लक्षित गरी पशु स्वास्थ्य घरदैलो उपचार, गोठ सुधार, पशु खरिदमा अनुदान, बाख्रा, बङ्गुर तथा हाँस वितरण पनि गरेको छ ।

यस्तै विभिन्न यन्त्र उपकरण, प्राविधिक तालिम, मिल्किङ मेसिन, काउ म्याटलगायतका सामग्री पनि महानगरले बेलाबखत दिँदै आएको छ । त्यस्तै व्यावसायिक कृषिका लागि कृषिमा यान्त्रीकीकरण महानगरले आफ्नो वार्षिक बजेटमा व्यवस्था गर्दै आएको छ । पछिल्लो समय महानगरले कृषिमा दिन थालेको अनुदान र यान्त्रीकीकरणको अभियानले कृषिमा युवा आकर्षण वृद्धि भएको बताउनुहुन्छ, महानगर उपप्रमुख चित्रसेन अधिकारी । महानगरले सुरु गरेको अनुदानबाट महानगर क्षेत्रका कृषक उत्साहित छन् । त्यस्तै उत्साहितमध्ये एक हुनुहुन्छ भरतपुर ६ का कृषक ऋषि चापागाईं । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका चापागाईं महानगरले दुग्ध उत्पादकलाई लक्षित गरी जुन प्रकारको अनुदान दिएको छ यसले निर्वाहमुखी पशुपालनबाट कृषकलाई व्यावसायिक बनाउन मद्दत पु¥याएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter