• Wednesday, May 21, 2025

जीवजन्तुका लागि पानीको वैकल्पिक व्यवस्था

सञ्जय कुमार मिश्र / गौर, जेठ २८ गते । गौर नगरपालिकाले जनावरहरुको लागि वैकल्पिक पानीको व्यवस्था गरेको छ । अत्यधिक गर्मीको कारण पानीको अभाव भएपछि जनावरहरुका लागि वैकल्पिक पानीको व्यवस्था गरिएको हो ।

अत्यधिक गर्मीका कारण पानीको मुहान सुक्न थालेपछि पानी बिना जनावर, पशुपंक्षीहरु मर्ने भएपछि गौर नपाले पानीको वैकल्पिक व्यवस्था गरेको हो । पानीको अभावमा जङ्गली जनावर निलगाई, बंदेल लगायत अन्य जनावरहरु मर्न थालेको सुचना पाएपछि गौर नपाको नगरप्रमुख शम्भु साहको अगुवाईमा गौरको टिकुलियास्थित लालबकैया नदीको छेउमा पानीको मुहान जेसिबीले उत्खनन गराएका हुन् ।

गत दुई साता अघिदेखि मधेश प्रदेशको जिल्लाहरुसँगै रौतहट जिल्लाको गर्मीका कारण पानीको मुहान सुक्न थालेपछि पानीको अभावमा जङ्गली जनावर लगायत पशुपंक्षीहरको ज्यान जोगाउन उद्देश्यले पानीको वैकल्पिक व्यवस्था गरिएको गौर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत सुभाष ठाकुरले बताउनुभयो ।

लामो समयदेखि आकासे पानी नपर्नाले तथा अत्यधिक तापक्रमले पानीको मुहान सुकेपछि जङ्गली जनावरहरु पानी खान नपाई मर्न थालेको सुचना प्राप्त भएपछि टिकुलियास्थित लालबकैया नदीको ठाउँ ठाउँमा खनन गरेर वैकल्पिक पानीको व्यवस्था गराएको गौर नगरापालिकाका नगर प्रमुख शम्भु साहले बताउनुभयो । उहाँले यस्तो अत्यधिक गर्मीको समयमा पानी खान नपाई जङ्गली जनावरहरुले छटपटाएर ज्यान गुमाउनु परेको अवस्था सृजना भएपछि लालबकैया नदीको छेउमा उतखन्न गराउर पानी खाने वैकल्पिक व्यवस्था गरिएको जानकारी दिनुभयो ।

यसैबीच चर्को घामका कारण भिषण गर्मीले सडकपेटी हिडने वटुवा लगायत सर्वसाधरण, व्यवसायी लगायत सरकारी कार्यालयमा काम विशेषले आउने सेवाग्राही निकैनै प्रभावित भएको हो ।

मध्येतराइको रौतहट, बारा, पर्सा लगायतका जिल्लाहरुको गर्मीले जनजीवन अस्त यस्त भएको हो । गर्मी बढेपछि सर्वसाधारण घर बाहिर निस्कन छाडेपछि वभिन्न सरकारी कार्यालयमा काम विशेषले आउने सेवाग्राहीको भीडभाडमा कमी आएको छ ।

अत्यधिक गर्मीका कारण सर्वसाधारणले घर बाहिर निस्कन नचाहेपछि दिउ“सो १० बजेदेखि बेलुका ५ बजेसम्मको समयमा सडक, बजार सुनसान जस्तै लाग्ने गरेको स्थानीय रामएकवाल साह बताउनुहुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter