दुर्गम जिल्लामा थप सत्ताइस हजार क्विन्टल चामल पठाइँदै

काठमाडौँ, जेठ २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थप माग आएका दुर्गम जिल्लाबाट २७ हजार क्विन्टल चामल ढुवानी गर्न लागेको हो ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कोटाले अपुग भएपछि १२ जिल्लाबाट थप माग आएकामा कम्पनीले २६ हजार ९७० क्विन्टल चामल पठाउन लागेको हो । खाद्यान्न अभाव भएपछि ती जिल्लाबाट चामलको माग आएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले १२ जिल्लाबाट ४३ हजार १७० क्विन्टल चामलको माग आएकामा २६ हजार क्विन्टल चामल पठाउन लागिएको जानकारी दिनुभयो ।

सोमबारदेखि नै ती जिल्लामा चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । हुम्लामा २५ हजार क्विन्टल चामलको माग आएकाले निर्णय गरेर केही दिनमै चामल पठाउने उहाँले जानकारी दिनुभयो । कर्णालीका धेरै जिल्लाबाट धेरै चामलको माग आएको कम्पनीले जनाएको छ । कर्णालीमा खाद्यान्न उत्पादन नहुँदा बर्सेनि अभाव हुने गर्छ ।

कम्पनीले सोलुखुम्बुमा दुई हजार क्विन्टल थप चामलको माग आएकामा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागेको छ । भोजपुरमा पाँच सय क्विन्टल चामलको माग आएकामा सोही परिणाममा चामल पठाउन लागिएको छ । दैलेखमा एक हजार पाँच सय क्विन्टल, जुम्लामा दुई हजार पाँच सय क्विन्टल चामल पठाउन लागिएको कम्पनीले जनाएको छ ।

यस्तै अछाममा दुई हजार पाँच सय क्विन्टल र दार्चुलामा पाँच हजार चार सय क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । बाजुरामा तीन हजार पाँच सय क्विन्टल, जाजरकोटमा चार हजार क्विन्टल थप चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । मुगुमा दुई हजार पाँच सय क्विन्टल, मुस्ताङमा २७० क्विन्टल ढुवानी गर्न लागिएको छ । यस्तै रुकुमपश्चिममा एक हजार पाँच सय क्विन्टल र बैतडीमा एक हजार क्विन्टल चामल ढुवानी गर्न लागिएको कम्पनीले जनाएको छ । १२ वटा जिल्लामा हालसम्म ३७ हजार ४२४ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।

खाद्यान्न ढुवानी गर्ने म्याद असारसम्म भएकाले पनि धेरै ठाउँमा चामल पुग्न बाँकी रहेको कम्पनीले जनाएको छ । चालु आवको स्वीकृत बजेटमा माग नभएका ठाउँको चामल थप माग आएका ठाउँमा वितरण गर्ने कम्पनीले जनाएको छ । स्थानीयस्तरमा पर्याप्त उत्पादन नहुँदा कर्णाली जुम्ला, कालीकोट, हुम्ला, मुगुलगायतका अन्य दुर्गम जिल्लामा खाद्य कम्पनीले चामल पठाउने गर्छ ।

कम्पनी लिमिटेडले चालु आवमा तीन लाख क्विन्टल चामल ढुवानी गर्नुपर्ने कोटा निर्धारण गरेको छ । त्यसमध्ये कम्पनीले साउनदेखि जेठ २५ सम्म दुई लाख २३ हजार क्न्टिल चामल ढुवानी गरिसकेको जनाएको छ । दुर्गम जिल्लाका जनतालाई सुपथ मूल्यमा चामल उपलब्ध गराउन चालु आवमा ४९ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । कम्पनीले २४ दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी गरेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter