• Sunday, April 13, 2025

केमोथेरापी एन्टिबायोटिक जस्तै हो : डा शाही

काठमाडौं, जेठ ३१ गते। केमोथेरापी भनेको क्यान्सरको एन्टिबायोटिक औषधि भएकाले बिरामीलाई नडराउन चिकित्सकले आग्रह गरेका छन्।

देउराली फाउण्डेशन, स्वास्थ्य पत्रकार मञ्च र एनआरएनको सहकार्यमा आयोजनामा गरिएको ‘क्यान्सर सचेतनाका लागि सद्भावना दूत डा. अरुण शाहीसँग पत्रकार अन्तरक्रिया’ कार्यक्रममा मेडिकल अंकोलोजिष्ट शाहीले यस्तो आग्रह गर्नुभएको हो। उहाँले केमोथेरापी भनेपछि बिरामी डराउने भन्दै केमोथेरापी भनेको एन्टिबायोटिक औषधि भएको स्पष्ट पार्नुभयो।

अहिले ९० प्रतिशत क्यान्सरका बिरामीले डे केयरमा आएर किमोथेरापी दिने गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो समाजमा केमोथेरापी भनेको डराउने गर्दछन्। ९० प्रतिशत बिरामीलाई केमो दिँदा अस्पतालमा भर्ना नगरी दिनमा आएर म्युजिक सुन्दै दिन सकिन्छ। यो निमोनिया भएको बेलामा एन्टिबायोटिक दिएजस्तै क्यान्सर फैलिसकेपछि दिइने औषधि हो।”

सुरुवाती चरणमा शल्यक्रिया र रेडियोथेरापीको माध्येमबाट क्यान्सरको उपचार गर्न सकिने डा. शाही बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ, “क्यान्सर रोग लागेको भागलाई शल्यक्रिया गरेर निकाल्ने, कोषनाशक औषधिको प्रयोगद्वारा केमोथेरापी दिएर उपचार गरिने, विकिरण भएको मेसिनद्वारा क्यान्सर कोशिकाहरू सेकी उपचार गर्ने विधि रेडियोथेरापीको प्रयागे गरेर तीन प्रकारले क्यान्सरको उपचार गरिन्छ।’’

डा. शाहीले नेपाली समाजमा लाजको कारणले रोग लुकाउने गर्दा ढिलागरी क्यान्सरको रोग पत्ता लाग्ने हुँदा उपचारमा ढिलाइ हुने बताउनुभएको छ।

चिकित्सकका अनुसार फोक्सो, स्तन, पाठेघर, आन्द्रा, आमाशय, रगत तथा लिम्फ ग्रन्थि, कलेजो तथा पित्त थैली, मूत्र थैली, घाँटी तथा मुख छाला आदिमा क्यान्सर रोग लाग्ने गर्छ। नेपालमा दैनिक क्यान्सरका कारण ४० जनाको मृत्यु हुने गर्छ। नेपालमा पुरुषमा फोक्सो र पेटको क्यान्सरका कारण मृत्यु हुने गर्छ त्यसैगरी, महिलामा गर्भाशय र स्तन क्यान्सरका कारण बढी मृत्यु हुनेगर्छ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter