• Tuesday, May 20, 2025

‘रिङ रोड’का टिकट काउण्टरको बोर्ड हटाउने महानगरको निर्णय

काठमाडौं, जेठ ३२ गते । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने भएको छ ।

बिहीबार महानगरले यस्तो निर्णय गरेको हो । महानगरपालिकाले असार १ गते शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिनुभयो ।

उहाँले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाको लागि कार्यदल गठन गर्ने निर्णय भएको बताउनुभयो । उहाँले यात्रुहरु बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने निर्णय भएको बताउनुभयो ।

महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । जसमा जगतमान श्रेष्ठ संयोजक, सदस्यमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रा.लि. सदस्य रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter