• Sunday, April 13, 2025

नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली

काठमाडौं, असार १ गते। नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गर्नुभएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएपछि कार्कीले सर्वोच्च अदालत पुगेर पदवहाली गर्नुभएको हो।

उहाँले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदनको जगमा आधारित कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले प्रतिवेदनका आधारमा न्यायपालिकाको अधिकार क्षेत्रलाई पुनरावलोन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं।”

उहाँले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताउनुभयो।

प्रधानन्याधीश कार्कीले न्यायाधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter