• Monday, June 09, 2025

वीरेन्द्रनगरमा नगर माइक्रो बस सञ्चालन

नविन सुवेदी / सुर्खेत, असार १ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निजी क्षेत्रको पहलमा शुक्रबारबाट नगर माइक्रो बस सञ्चालनमा आएको छ । नगरपालिकासँग समन्वय गरेर शुक्रबारदेखि वीरेन्द्रनगरमा नगर बस सञ्चालनमा आएको हो ।

नगर बस नहुँदा अटो रिक्साले मनलाग्दी भाडा असुल्ने गरेको भन्दै चर्को विरोध हुँदै आएको थियो । शुक्रबार वीरेन्द्रनगर प्रमुख मोहनमाया ढकालले नगर बसमा चढेर उद्घाटन गर्नुभएको हो ।

नगर माइक्रो सेवा उद्घाटन गर्दै प्रमुख ढकालले नगरवासीका लागि सेवा आरम्भ गरेकोमा खुसी व्यक्त गर्नुभयो । नागरिकहरूको आवश्यकताअनुसार नगर माइक्रो सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो।

यस्तै, यात्रुहरूलाई सहज सेवा दिन र सहुसलयत भाडादर २० रुपियाँ कायम गरिएको छ । धुलियाविटदेखि बाँगेसीमल पुग्दा पनि भाडा २० रुपियाँ नै कायम गरिएको छ । बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपियाँ नै कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले बताउनुभयो ।

नगर बस नगर क्षेत्रका भित्री सडकहरू धुलियाविट–मंगलगढी–मूलपानी–प्रदेश अस्पताल–कुमाइचोक भएर हिलेखाली चोकबाट बाँगेसिमल र हुँदै पुन् सोही रुट भएर गाडीहरू सञ्चालन हुनेछन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter