जोखिममा रहेका परिवारलाई एकीकृत आवास हस्तान्तरण
चित्र मिजार / सिन्धुपाल्चोक, असार २ गते । त्रिपुरासुन्दरी गाउँपालिका र एकीकृत हातेमालो ग्रामीण विकास सङ्घको साझेदारीमा निर्मित एकीकृत अस्थायी आवास शनिबार हस्तान्तरण गरिएको छ ।
पहिरोको जोखिममा रहेका त्रिपुरासुन्दरी गाउँपालिका –३ धुस्कुन हिले भस्मे बस्तीका पाँच परिवारलाई दुई, दुई कोठे अस्थायी आवास हस्तान्तरण गरिएको छ । उक्त गापाका अध्यक्ष भक्तध्वज बोहराले अस्थायी आवास हस्तान्तरण गर्नुभयो ।
विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि अस्थायी आवास निर्माण गरेर पहिरो जोखिममा रहेको परिवारलाई अस्थायी आवास हस्तान्तरण गरिएको अध्यक्ष बोहराले जानकारी दिनुभयो । हिले र भस्मे बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।