• Sunday, April 06, 2025

आत्मनिर्भर बनाउन युवकयुवतीलाई सीपमूलक तालिम

सिराज खान / नेपालगञ्ज, असार ८ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाका नौ वटै वडाका १३८ जना युवकयुवतीलाई रोजगारीमा लगाई आत्मनिर्भर बनाउन एकै पटक सीपमूलक तालिम दिइएको छ ।

सीपमूलक तालिम दिएर उहाँहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले एकै पटक ठूलो संख्यामा तालिम दिइएको हो । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले हातमा कुनै सीप नहुँदा आत्मनिर्भर हुन र रोजगारी पाउन समेत समस्या हुने भएकाले १३८ जना युवकयुवतीको छनोट गरेर सीपमूलक तालिम प्रदान गरिएको बताउनुभयो ।

उहाँले आफ्नो संसद् विकास कोषबाट विनियोजन गरेको ४९ लाख रुपियाँबाट सो तालिम दिइएको बताउनुभयो । प्रदेशसभा सदस्य केसीले भन्नुभयो, ‘बेरोजगारी समस्यालाई ध्यान दिएर विपन्न परिवारका युवायुवतीको छनोट गरेर आधारभूत तहको तालिम दिएका हौं, यसबाट उनिहरुको आर्थिक अवस्थामा सुधार हुने अपेक्षा गरेको छु ।’

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख रमेशबहादुर बुढाथोकीले सो तालिमको सञ्चालन आफ्नो कार्यालयले गरेको बताउनुभयो । उहाँका अनुसार बेरोजगार युवायुवतीलाई मोबाइल मर्मत, सिलाइकटाई, कम्प्युटर, ब्युटिसियन र हाउस वयरिङ तालिम सञ्चालन गरिएको थियो ।

वडा १ बाट १५ जनालाई मोबाइल मर्मत, वडा २ बाट १६ जना, वडा ३ बाट १७ जना, वडा ६ बाट १५ जना र वडा ८ बाट १६ जनाले आधारभूत सिलाइकटाई तालिम लिएका छन् ।

त्यस्तै, वडा नम्बर ४ का १६ जनालाई बेसिक कम्प्युटर, वडा नम्बर ५ का १७ र वडा ९ का १६ जनालाई ब्युटिसियन तथा वडा नम्बर ७ का १५ जनालाई हाउस वयरिङ तालिम दिइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख बुढाथोकीले तालिममा सहभागी भएकालाई रोजगारीका लागि विभिन्न सामग्री प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै तालिम सम्पन्न भइसकेका छन्, तालिममा युवायुवतीको उत्साहजनक सहभागिता रहेको थियो ।’

नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा सीपमूलक तालिम सञ्चालनको लागि सांसद केसीले ७० लाख रुपियाँ छुट्याए पनि २१ लाख रुपियाँ फिर्ता भएको जनाइएको छ । सीपमूलक तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीले तालिम लिने अवसर पाएकाले आत्मनिर्भर र रोजगारीका लागि सहज हुने बताएका थिए ।

तालिममा सहभागी गीता थारुले आधारभूत तहको तालिमले धेरै ज्ञान सिकाए पनि थप राम्रोका लागि अब डिप्लोमा लेवलका तालिमहरू आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो तालिमले हामीलाई धेरै कुरा सिकाएको छ । तर हामी अझै पूर्ण भएका छैनौं, अब आगामी वर्ष डिप्लोमा तहको तालिमको व्यवस्था हुन सकेमा राम्रो हुने थियो ।’

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter