• Sunday, April 06, 2025

आमसञ्चार विधेयक छिटो संसदमा पेश हुन्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं, असार १० गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार सम्बन्धी विधेयक छिटो भन्दा छिटो संसदमा पेश गर्ने बताउनुभएको छ। विधेयकलाई संसदमा ल्याउनका लागि सरकारले विज्ञसँग आवश्यक सुझाव लिएको र त्यसलाई संसदमा पेश गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो।

आइतबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै मन्त्री शर्माले सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित धेरै ऐन पुराना भएकाले त्यसलाई अध्यावधिक गरेर नयाँ कानुन बनाउने काममा सरकार लागिपरेको बताउनुभयो।

उहाँले दूरसञ्चार सम्बन्धी फोरजी सेवाको देशभर विस्तार र फाइभजी सेवाको लन्च गरेर शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रको पूर्वाधार विकास गरेर मुलुकको राजस्व वृद्धिमा योगदान पुर्‍याउने योजनाका साथ काम भइरहेको दाबीसमेत गर्नुभयो।

सञ्चारमन्त्री शर्माले भन्नुभयो, ‘‘अहिले नेपाल टेलिकमले फाइभजीको परीक्षण गर्दैछ। यो परीक्षण सफल भइसकेपछि र सँगसँगै हाम्रो फोरजीको पनि देशव्यापी रुपमा विस्तार हुनुपर्ने हो। त्यो ढंगले विस्तार भइरहेको छैन। त्यसको समिक्षा गरेर फाईभजीलाई लन्च गर्छाै। यो हाम्रो आवश्यक्ता हो। आमसञ्चार सम्बन्धी विधेयकका विषयमा हामीले यस क्षेत्रका विज्ञलाई समेटेर मन्त्रालयमा कार्य दलनै बनाएर सुझाव प्राप्त गरेका छौं। मन्त्रालय ‘वर्कआउट’ गर्दैछ। हामी छिटो भन्दा छिटो संसदमा ल्याउने प्रक्रियामा छौं। मन्त्रालयको रुटिनमा यी सबै विधेयकलाई राखेर ल्याउँछौं।’’

मन्त्री शर्माले सूचना र प्रविधिको क्षेत्रमा भएको तीव्र विकासलाई मध्यनजर गरेर ऐन, नियम बनाउने काममा सरकारले विशेष ध्यान दिनेसमेत बताउनुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter