• Friday, May 23, 2025

निगमले आइओसीलाई तिर्यो २४ अर्ब बक्यौता

विष्णु पाण्डेय / काठमाडौं, असार १७ गते। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी ) लाई २४ अर्ब बक्यौता रकम बुझाएको छ। रुस–युक्रेन युद्दका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढ्दा निगमले आइओसीसँग उधारोमा तेल खरिद गर्ने गरेको थियो। सन् २०२२ मे २ बाट तिर्न बाँकी रहेको बक्यौता रकम अहिले चुक्ता गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो।

भारतबाट महंगोमा खरिद गरेर सस्तोमा बिक्री गर्नुपर्दा निगम घाटामा गएको थियो। प्रवक्ता ठाकुरका अनुसार निगमले आइओसीको पूरै बक्यौता रकम चुक्त गरेको छ।

उहाँले भन्नुभयो, “रुस युक्रेनको युद्दका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा भारतसँग निगमले महंगोमा ल्याएर घाटामा बेच्दा २४ अर्ब ऋण थुप्रिएको थियो। हाल यो रकम सबै चुक्त भएको छ।”

निगमले अब सरकारलाई साढे छ अर्ब र मूल्य स्थिरीकारण कोषलार्ई साढे तीन अर्ब रुपियाँ भने तिर्न बाँकी रहेको उहाँको भनाइ छ। यस्तै, पेट्रोलियम पदार्थ बिक्रेताले राखेको धरौटी बापतको रकमबाट एक अर्ब ९५ करोड रुपियाँ तिर्न बाँकी छ। यसबाहेक, कर्मचारी आवास कोषको सवा तीन अर्ब रुपियाँ तिर्न बाँकी छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा तेल किन्न पैसा अपुग भएपछि यी कोषको रकम चलाएको थियो। चालु आर्थिक वर्षमा निगमले १७ अर्ब रुपियाँ नाफा कमाएको उहाँको भनाइ छ।

प्रवक्ता ठाकुरले भन्नुभयो, “चालू आर्थिक वर्षको भदौ महिनाबाट निगम नाफामा जान लाग्यो। अहिलेसम्म निगमले १७ अर्ब नाफा कमाएको छ। नाफा र अन्य स्रोतबाट रकम जुटाएर आइओसीलाई बक्यौता रकम चुक्ता गरेका हौँ।”

पछिल्लो समय भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको र मूल्य समायोजन गर्दा पनि निगमलाई केही नाफा भएकाले बक्यौता रकम तिर्न सफल भएको उहाँको भनाइ छ। प्रवक्ता ठाकुरले भन्नुभयो, “पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा मूल्य समायोजन गर्दा निगमलाई केही नाफा हुने गरेको थियो। उक्त नाफा रकम विस्तारै बढ्दै जाँदा रकम चुक्ता गर्न सहज भयो।”

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter