• Friday, May 23, 2025

वर्षायाममा खाद्यान्न अभाव नहुने

काठमाडौं, असार १८ गते। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ। देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात छ। अतिदुर्गम तथा दुर्गम जिल्लामा २५ हजार पाँच सय पाँच क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ।

प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ। हाल २६ हजार तीन सय ७५ क्विन्टल धान मौज्दात छ।

भारतबाट आयात कोटाअन्तर्गत साल्ट ट्रेडिङमार्फत ३४ हजार तीन सय २० क्विन्टल गहुँ तत्काल प्राप्त हुनेछ। कम्पनीसँग कूल दुई लाख ६६ हजार तीन सय क्विन्टल खाद्यान्न मौज्दात रहनेछ। हाल खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार एक सय क्विन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको जनाइएको छ।

चालु आर्थिक वर्षको असार १२ गतेसम्म दुर्गमका जिल्लामा १७ हजार आठ सय ३० मेट्रिक टन खाद्यान्न ढुवानी भएको छ। बढी खाद्यान्न समस्या देखिएको हुम्लामा चार हजार क्विन्टल कोटा थप गरी हवाइमार्गबाट दैनिक ढुवानी भएर वितरण भइरहेको छ।

बझाङमा पनि एक हजार क्विन्टल कोटा थप गरिएको छ। पूर्वी जिल्लामा पनि पर्याप्त खाद्यान्न मौज्दात रहेको कम्पनीले स्पष्ट पारेको छ। पालिकास्तरमा भने खाद्यान्न सञ्चिति गर्ने गोदाम नभएकाले आवश्यक मात्रामा बिक्री केन्द्रमा खाद्यान्न ढुवानी गरेर वितरण भइरहेको कम्पनीले जनाएको छ।

चालु आर्थिक वर्षमा हालसम्म पालिकास्तरबाट माग भएका स्थानमा ४७ हजार तीन सय ३४ क्विन्टल चामल वितरण भइसकेको छ। कतिपय स्थानमा भने माग नै नभएकाले आपूर्ति नगरिएको कम्पनीले जनाएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter