• Sunday, June 01, 2025

ग्रिन अभियानअन्तर्गत विरुवा बितरण

कपिल ज्ञवाली / सिद्धार्थनगर, असार २१ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई हरियालीमय बनाउन उद्देश्यले बिरुवा बितरण थालिएको छ । नगरपालिका कार्यालयले नगरवासीलाई विरुवा वितरण कार्य सुरु गरेको हो ।

नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउने अभियान अन्तर्गत नगरपालिकाको कार्यालयले मंगलबारबाट नगरवासीलाई विरुवा वितरण थालेको जनाएको छ । ‘वर्षायाम सुरु भएपछि वृक्षारोपणका लागि हामीले फलफुलका विरुवा वितरण गरेका हौँ’ सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले भन्नुभयोे, ‘यसपछि नगरपालिकाको कार्यालयबाट पनि नगरमा वृक्षारोपण गर्ने तयारी छ ।’

उहाले नगरलाई ‘क्लिन’, ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली’ बनाउनका लागि विरुवा वितरण गरिरहेको र वृक्षारोपण गर्ने तयारी गरेको बताउनुभयो । ‘नगरलाई हरियाली बनाउन हाम्रो एकल प्रयासले मात्र हुँदैन’ उहाँले भन्नुभयो, ‘नगरवासीले पनि नगरका विभिन्न स्थानमा स्वतस्र्फूत रुपमा वृक्षारोपण गर्नुपर्छ, वृक्षारोपणले नगर सुन्दर हुनुका साथै यस क्षेत्रको बढ्दो तापक्रमलाई घटाउन मद्दत पुग्नेछ ।’

वर्षा सुरु भएपश्चात् ७५ प्रतिशत अनुदानमा विभिन्न प्रकृतिका चार हजार चारसय फलफूलका विरुवा वितरण कार्य सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताउनुभयो ।

नगपालिकाको कृषि शाखा प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार आँपको अमरपाली, दशहरी, माल्दा, बम्बइया प्रजाती, लिची, अनार, कटहर, अम्बा, अमला र एभोकाडोको विरुवा वितरण गरिएको छ । उहाँले पहिलो दिन २ सय ७० जना नगरवासीले विभिन्न प्रजातिका विभिन्न विरुवा अनुदानमा लगेको जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter