• Thursday, May 15, 2025

सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं, असार २३ गते। समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ। शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औंपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो।

मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो।

त्यसैगरी बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि चार सदस्यीय कार्यदल पनि गठन गरेको छ। माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहनुभएको उपाध्यक्ष पाण्डेले बताउनुभयो।

कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेश हुनेछ। उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६÷६ महिनामा परिवर्तन गर्ने सहमति पनि गरिएको छ।

बैठकपछि उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘‘बैठक मोर्चाका नेता माधवकुमार नेपालको अध्यक्षतामा सम्पन्न भयो। यो बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत चार वटै पार्टीका दोस्रो तहका नेताहरु पनि संलग्न थियौं। यसको गठनबाट देशले पाउने कुरा र अहिलेको लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउने कुरा यसबारेमा हामीले मनग्गे छलफल गरेका छौं। यो मोर्चाको ६/६ महिनामा अध्यक्षता गर्ने, एक जनाले ६ महिना गर्ने, त्यसपछि अर्को ६ महिना अर्को नेताले गर्ने यस्तो खालको सरसल्लाह भएको छ। समझदारी टुंगो नहुन्जेल माधवकुमार नेपालले नै बैठकको अध्यक्षता गर्नुहुनेछ ।’’

नेताहरुले मोर्चाको बैठक बस्न ढिलाई भएको स्वीकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter