• Friday, May 02, 2025

सय दिनमा स्वास्थ्यमन्त्री बस्नेतका १०७ काम

काठमाडौं, साउन २६ गते। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एक सय दिनमा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा एक सय दिनमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो।

मन्त्री बस्नेतले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गर्दै सार्वजनिक गरेको प्रगति विवरणमा खरिद भएर प्रयोगमा नआएका उपकरणलाई आवश्यकता अनुसार विभागमा झिकाई विभिन्न अस्पतालमा प्रयोगका लागि पठाइएको जानकारी दिनुभयो।

गरिब तथा विपन्न नागरिकको उपचारमा कूल शैय्याको १० प्रतिशत जनरल शैय्या निःशुल्क गर्नको लागि स्थानीय, प्रादेशिक र संघीय सरकारी, सामुदायिक तथा निजी अस्पतालमा परिपत्र गरेर संघअन्तर्गतका अस्पतालबाट कुल तीन हजार ५२३ शय्या निःशुल्क उपलब्ध गराइनुका साथै निःशुल्क शय्याको विवरण दैनिकरुपमा सबैले देख्नेगरी राख्ने व्यवस्था मिलाइएको प्रगति विवरणमा उल्लेख गरिएको छ।

१६ वर्षदेखि नीतिगत बहसमा रहेको स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्न आवश्यक मुख्य कम्पोनेन्ट स्वास्थ्य उपचारमा हुने व्यक्तिगत खर्च घटाउने लक्ष्य पूरा गर्न सहयोगी राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०/२०९०) मन्त्री बस्नेतको पहलकदमीमा मन्त्रीपरिषदबाट स्वीकृति भएको कार्यविवरणमा उल्लेख छ।

प्रगति विवरण अनुसार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०-२०९०) को प्रभावकारी कार्यान्वयनको लागि राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ। गत वर्षदेखि स्वीकृतिको लागि पेश भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एवं समग्र स्वास्थ्य क्षेत्रको उच्च तहको नीतिगत दस्तावेजमध्येको नेपाल स्वास्थ्य क्षेत्र–रणनीतिक योजना (२०७९/८०–२०८७/८८) मन्त्री बस्नेतको विशेष पहलकदमीमा मन्त्रिपरिषदबाट स्वीकृति भएको छ।

साथै मन्त्री बस्नेतको पहलमा श्रावण महिनाको १ गतेदेखि वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपिडि सञ्चालनमा आएको र टिकट काउन्टर बिहान ७ बजेदेखि नै सञ्चालनमा ल्याइएको छ।

सेवालाई थप सहज बनाउन अस्पतालका हरेक तलामा नगद काउन्टर राखिएको छ। विशिष्ट तथा अतिविशिष्ट पदाधिकारीले नेपालमा सम्भव नभएमा मात्र विदेशमा स्वास्थ्य सेवा लिनसक्ने व्यवस्था कार्यान्वयनका लागि विशिष्ट तथा अतिविशिष्ट उपचार विशेषज्ञ समिति गठन गरिएको र सो समितिको सिफारिसमा मात्र उपचारको लागि विदेश जान सकिने व्यवस्था मिलाइएको मन्त्री बस्नेतले जानकारी दिनुभयो। सो प्रयोजनका लागि वीर अस्पतालमा तीन शय्या थप गरी कूल पाँच अति विशिष्टकृत शय्या सञ्चालनमा ल्याइएको मन्त्री बस्नेतको भनाइ छ।

सबै संघीय अस्पतालमा अनलाइन प्रणालीमार्फत विलिङ गर्ने व्यवस्था मिलाइएको बताउनुभयो।

कैदीबन्दीलाई ट्रमा सेन्टरसँग सम्बन्धित स्वास्थ्य सेवाको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौं, केन्द्रीय कारागार अस्पताल, काठमाडौं र मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल, ललितपुरसँग औपचारिक सम्झौता गरी एकीकृत सेवा प्रवाह गरिएको मन्त्री बस्नेतको भनाइ छ।

त्यसैगरी, नेपालले बालबालिकामा हुने क्यान्सर विरूद्धका गतिविधिमा पहलकदमी लिने प्रतिवद्धता जाहेर गरे अनुरूप क्यान्सर उपचार प्रदान गर्ने अस्पतालमा बालबालिकामा हुने क्यान्सरको उपचारको लागि ३५ प्रकारका क्यान्सर विरूद्धका औषधिरू निःशुल्क उपलब्ध गराउन अमेरिकास्थित सेन्ट जुड अस्पताल र नेपालका क्यान्सरसम्बन्धी विज्ञ सम्मिलित कार्यशाला गोष्ठीबाट धुलिखेल घोषणापत्र जारी गरिएको उहाँले जानकारी दिनुभयो। योसँगै मन्त्री बस्नेतले १०७ वटा बुँदामा प्रगति विवरण सार्वजनिक गर्नुभएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter