• Saturday, May 17, 2025

जनताका समस्यामाथि छलफल गर्ने वातावरण निर्माण भएको छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं / भदौ ६ गते। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा संसद्को गतिरोध अन्त्य भएसँगै जनताका समस्यामाथि छलफल गर्ने वातावरण निर्माण भएको बताउनुभएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा सर्वदलीय बैठकमा गरिएको दुई बुँदे सहमतिबारे जानकारी गराउनुहुँदै यस्तो बताउनुभएको हो। उहाँले बुधबारको प्रतिनिधि सभाको बैठकमा सुन तस्करीबारे अनुसन्धान गर्न दुई बुँदे सहमति भएकोबारेमा सदन समक्ष जानकारी गराउनुभयो। उपप्रधानमन्त्री खड्काले सो दुई बुँदे सहमतिले दलबीच पुनः सहमति र एकताका साथ देश र जनताको पक्षमा काम गर्ने नयाँ सङ्कल्प उजागर भएको पनि बताउनुभयो।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, ‘‘यो सहमति जुटेकोमा म नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्न चाहन्छु। यो सहमतिमा पुग्नका लागि सिङ्गो संसदमा माननीयज्यूहरूले आ–आफ्नो ठाउँबाट दिनुभएको योगदानका लागि नेपाल सरकारको तर्फबाट म आभार व्यक्त गर्न चाहन्छु। सिङ्गो संसद् र माननीयज्यूहरूलाई बधाई दिन चाहन्छु। यस सन्दर्भमा सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यूलगायत सबैले यो परिस्थिति निर्माणका लागि योगदान पुर्‍याउनुभएको छ। दुइटा विषयमा मूल रूपमा सहमति भएको छ। यो सहमतिपछि अब संसद्ले नेपाली जनताका सरोकारसँग जोडिएका विषय, समस्यालाई छलफल गरेर निकास दिँदै जाने वातावरण निर्माण भएको छ।’’

उपप्रधानमन्त्री खड्काले दलबीचको सहमतिले मुलुक निर्माणमा सबै दल मिलेर अघि बढ्ने विश्वासको वातावरण सिर्जना भएकोसमेत बताउनुभयो। उहाँले उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीबारे निष्पक्ष ढङ्गले छानबिन गर्ने उल्लेख गर्दै अब संसद्को ध्यान सङ्घीयतासँग सम्बन्धित कानुन निर्माणमा केन्द्रित हुने विश्वाससमेत व्यक्त गर्नुभयो।

प्रदेश र स्थानीय तहसँग सम्बन्धित कानुनहरू निर्माणको काम थाँती नै रहेकाले त्यसलाई पूर्णता दिने काममा संसद् र सांसद केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter