• Monday, June 02, 2025

बागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारससहित भागबण्डा

काठमाडौं, भदौ ८ गते। प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेशका ६ मध्ये चार जिल्लाले पारस खड्काको नेतृत्वमा भागबण्डासहित आगामी कार्यकालका लागि प्यानल घोषणा गरेका हुन्।

काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै प्यानल घोषणा गरेका थिए। बाँकी दुई जिल्ला चितवन र नुवाकोट भने सो कार्यक्रममा उपस्थित थिएनन्। उक्त पत्रकार सम्मेलनमा प्रदेश संघको उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर जिल्ला र कोषाध्यक्षमा भक्तपुर जिल्लाका प्रतिनिधिलाई उठाउने सहमति बनेको जानकारी दिइएको छ।

पारस काठमाडौं जिल्लाबाट प्रदेशका प्रतिनिधि हुन्। बागमती प्रदेशिक क्रिकेट संघको निर्वाचन भदौ १५ गते हुँदैछ। उक्त निर्वाचनमा यही प्यानल बलियो देखिएको छ। किनभने बागमती प्रदेश क्रिकेट संघको वर्तमान कार्यसमितिमा रहेका १३ सदस्यमध्ये सात सदस्यले यही प्यानललाई साथ दिने दाबी गरिएको छ। यो दाबीअनुरूप भएमा पारसको नेतृत्वले चार जिल्लाबाट १६ र प्रदेशबाट सात गरी मत कुल २३ मत पाउनेछन्। यो आँकडा पारस नेतृत्वलाई विजयी प्राप्त गर्न पर्याप्त हुनेछ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पनि पारसको नेतृत्वको समितिलाई स्पष्ट बहुमतका साथ जिताउने दाबी गरिएको छ। प्रदेशको नेतृत्व गर्दै पारस आगामी असोजमा हुने केन्द्रिय सचिवको दाबेदारमा जाने बुझिएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter